बारा- ५- जेष्ठ - श्रीकान्त गुप्ता - महागढीमाई फाउन्डेसन नेपालले महागढीमाई नगरपालिकाको स्वास्थ शाखालाई २० ओटा ओक्सीमीटर हस्तान्तरण गरेकोछ ।
दोस्रो चरणको कोरोना महामारीमा जिल्लामा अक्सिजन र ओक्सीमीटरको अभाव देखिएकोले महागढीमाई फाउन्डेस नेपाले महागढीमाई नगरपालिका स्वास्थ शाखाको स संयोजक अजय कुमार सिंह र जनस्वास्थ्य निरीक्षक मनोज चौरसियाको हाथमा २० ओटा ओक्सीमीटर हस्तान्तरण गरेको हो ।महागढीमाई फाउन्डेसन नेपालले सर्बसधारण , क्रमचारी , राजनितिक दल, कार्यकार्ता , र महागढीमाई फाउन्डेसन नेपालको विभिन्न पद आधिकारीहरुको आर्थिक सहयोगमा ओक्सीमीटर खरिद गरि नगरपालिकाको स्वास्थ शाखालाई हस्ताक्षर गरेको हो ।
गतहप्ता देखि महागढीमाई नगरपालिकाले २० शौयाको आइसुलेसन ब्यवस्थित ढङ्गले गरेको संचालनमा केही अभाव नदेखिपनि महागढीमाई फाउन्डेसन नेपालले थप सहयोग हुनेगरी ओक्सीमीटर सहयोग गरेको महागढीमाई फाउन्डेसन नेपालका उपाध्यक्ष प्रेम यादवले बताउनु भएकोछ । महागढीमाई फाउन्डेसन नेपालले कोरोना महामारीको बेला समाजको लागि सराहनीय काम गरेको स्थानीयले बताउछ ।

ओक्सीमीटर हस्तान्तरण कार्यक्रमा उपस्तिथि रहेका महागढीमाई फाउन्डेसन नेपालका , स सचिव रबिराज कुशवाहा कार्यकारी सदस्य संतोष कुशवाहा , सोनु गुप्ता , सल्लाहकार राजेश्व कुशवाहा , ओमनरायण चौरसीया , बजरङ्गी साह , प्रदिप साह ,सुमन , ज्ञान प्रकाश रौनियार र पत्रकार उपस्थिति रहेको थियो ।