बारा - २६ - बैशाख ( श्रीकान्त गुप्ता )जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि २५ जनाभन्दा बढी एकै स्थानमा भेला हुन प्रतिबन्ध लगाएपनि बारामा भीडभाड गरेर कार्यक्रम गर्ने क्रम अझै रोकिएको छैन ।

दोस्रो चरणको कोरोना लहर तिब्र गतिमा फैल्न लागेपछि कोरोना भाइरस नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय बाराले बैशाख २१ गते भिड भाड हुने नगरी र २५ जना भन्दा बढी मानिसको उपस्तिथिमा कुनै कार्यक्रम नगर्न निर्णय गरेपनि जिल्लाका विभिन्न स्थानमा स्वास्थ सतर्तका बिना भिड भाड हुन लागेको हो । विभिन्न संघ संस्था , सरकारी कार्यालाय , हाट बजार , चौकचौरहा , र समाजमा भइरहेको बिहेबेबारीमा २५ जना भन्दा बढी मानिसलाई एकै ठाँउमा उपस्थिति भइ भोजभतेरा नाचगानका साथ भिडभाड लाग्ने गरेका छ्न हाटबजारमा भिडभाड हुन लागेपछि जिल्लामा झन कोरोना फैलिन खतरा बढेकोछ । बारामा ५ सय भन्दा बढी ब्यक्तिमा नयाँ भेरिन्टरको कोरोनाबाट संक्रमित रहेका छ्न ।तर पनि बारामा कहि कतै स्वास्थ सुरक्षा अपनाएको नदेखिएको स्थानीय किसान मिथलेस स्वर्णकारले बताउनु हुन्छ । जिल्ला प्रशासन कार्यालय बाराले विभिन्न ठाउँमा भइरहेको भिडभाड नियन्त्रण गर्न र सर्बसधारणले स्वास्थ सुरक्षा नअपनाउने माथी कडा कर्वाही गर्न नसकेमा बारामा अझ बढी कोरोना संक्रमित बढ्न सक्ने बताउनु भयो ।

दोस्रो चरणको कोरोना भाइरसले भारतको विभिन्न सहरमा लकडाउन लागेपछि नेपालबाट भारत तर्फ गएका कमदारले सिमानाकामा क्वाइरेन्टाइन र आइसुलेसनको ब्यवस्था नहुदा कवहिगोठ , मटिवर्वा , सिमरौनगढ क्षेत्रको चोर बाटो हुँदै सिधै घर आउदै गरेका स्थानीयले बताउछ।

कोरोना भाइरस नियन्त्रणको लागि बाराको केही स्थानीय तहले कोरयन्टाइन र आइसुलेस्नको त्यारीमा लागेका छ्न । भने केही स्थानीय तहले आइसुलेसन र कवाइरेन्टाइन संचालन गरेसंगै कोरोना संक्रमित बिरामीको लागी खाना खाजा र निशुल्क औषधिको समेत ब्यवस्था गरेकोछ ।महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादव बताउनु भएकोछ ।

कोरोना भाइरस नियन्त्रणको लागि छिमेकी जिल्ला पर्सामा १६ गते देखि ३० गते सम्म निषेधग्या लागू भएपनि बाराको विभिन्न स्थानमा लाग्ने बजारमा खचाखच भिडभाड लाग्ने गरेका छ्न ।विभिन्न आवस्यक काम काजको लागि आएको सर्बसधारणले कोरोना सम्बन्धि स्वास्थ सुरक्षा बिना बजारमा किन बेचमा ब्यस्त छ्न । बिभिन्न सवारी चालक र सर्बसधारणले माक्स प्रयोग बिना सवारी साधन चलाउदै गरेका छ्न ।भने कसैले माक्स नाक मुख न छोपी घाँटीमा माक्स लगाएर घुम घाम गरिरहेकोछ । जिल्ला प्रहरी कार्यालय बाराले माक्स प्रयोग नगर्ने ८ सय ब्यक्तिबाट एक सय का दरले जरिवानाको गरेकाछ्न ।प्रहरी जवानले कलैयाको भरत चौकमा सर्बसधाराणलाई माक्स लगाउनु आग्रह गरिरहेका जिल्ला प्रहरी कार्यालय बाराका नायबउप निरीक्षक गौतम मिश्राले आफ्नो प्रकृया दिनु भयो ।

जिल्ला प्रशासन कार्यालयले सबैपालिका र नाका कडाइ गर्न नसकेमा बारामा कोरोना फैल्ने खतरा देखिएकोछ।