बारा - २३ बैशाख श्रीकान्त गुप्ता - बाराको सदरमुकाम कलैया स्थित रहेको एक मात्र जिल्ला अस्पताल कलैयामा कोभिड १९ चेकजाँचको लागि पिसिआर मसिन संचालनबाट स्थानीयहरु खुशी भएका छ्न ।

बिगत लामो समय देखि कलैया उपमहानगरपालिकाले आधा दर्जन स्थानीय तहबाट पिसिआर चेकजाँचको लागि रकम संकलन गरेको भएपनी आर्थिक समस्या र संचालनको लागि अनुमतिपत्र नपाएको बताउदै सो पिसिआर मसिन थन्किएका थिए। प्रदेश नं २ सरकारको मातहतमा रहेको कलैया अस्पताललाई पिसिआर चेकजाँच सामग्री र जनशक्ति उपलब्ध गराए पछि सेवा संचालनमा आएको छ ।कोरोना महामारीको उच्च जोखिममा रहेको बारा जिल्लामा कोरोनाको लक्ष्ण देखिएको सर्वसाधारणलाई स्वाब चेकजाँच गराउन सजिलो भएको जिल्ला बासि खुसी भएका छन । पि सी आर मसिन संचालन हुनु भन्दा अगाडि बिरगंज नरायणी अस्पतालमा स्वभाव परिक्षण ,टेस्ट गराउदा ३ र चार दिनमा रिपोर्ट आउने गर्दै थिए ।कलैया अस्पतालमा पी सी आर मसिन संचालन भएसंगै सर्बसधारणको स्वभाव परिक्षण र स्वभाव परिक्षणको रिपोर्ट एक र दिनमा आउन थालेपछि सर्बसधारणले भोग्नु परेको समस्याबाट राहत महसुस गर्न लागेका छ्न 

प्रदेश नं २ को समाजिक बिकास मन्त्री नवलकिशोर सिंहले बैशाख ६ गते पिसिआर मसिन र एच डियु कोठाको एकै साथ उदघाटन गर्नु भएको थियो । प्रदश नं २ बाट ७ जना दक्ष चिकित्सकको टोलि पिसिआर मसिन संचालनको लागि आएपछि कलैया अस्पतालमा स्वाब संकलनको कार्य शुरु गरिएकोछ ।कोरोना कोभिड १९ को लक्ष्ण देखिएको सर्वसाधारण लगायत सबैले आफ्नो स्वाव चेकजाँच गराउन सक्ने र एक चोटिमा ९६ जनाको रिपोर्ट आउने ल्यब टेक्नेसियन दिलिप यादवले बताउनु भएकोछ ।स्वभाव परिक्षण र पी सी आर टेस्टको लागि सर्बसधारणको अत्याधिक नै सिम्पल आइरहेकोछ । भने हिजो टेस्टमा बारामा ९६ जनाको स्वभाव परिक्षणमा ६१ जनालाई कोरोना पोजेटिभ आएकोछ । अहिले बारामा ४३६ जनामा कोरोना पुष्टि भएकोछ । भने पहिलो चरण ३३ जनाको मृत्यु भएको थियो ।भने अहिले दोस्रो कोरोना भेरियन्टक संक्रमितबाट १४ जनाको मृत्यु भएकोछ ।कलैया अस्पतालका लैब टेक्नेसियन दिलिप यादवले बताउनुहुन्छ ।

बाराको कलैया अस्पतालमा पी सी आर मसिन संचालन भएसंगै बाराको सर्बसधारणलाई बिरगंज आउन जानबाट भोग्नु परेको सम्स्याबाट बन्चित भएपछि राहत सास्तीबाट गरेका छ्न ।