बारा - २१ बैशाख- महागढीमाई नगरपालिकामा अन्य पालिका भन्दा राम्रो बिकास भएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।
महागढीमाई नगरपालिका भित्री आफुले स्वास्थ , शिक्षा, भौतिक पूर्बधार, खानेपानी पर्यटन र कृषि क्षेत्रमा राम्रो बिकास गरेर जनतामा दिन प्रती दिन लोक प्रिय हुँदै जादा बिपक्षी दलले सहन नसकेपछि आफुलाई र नगरपालिकालाई समाजिक संजाल र एक यूटुब मार्फत विभिन्न बहानामा बदनाम गर्न खोजेको नगरप्रमुख यादवले मंगलबार एक प्रेस बिज्ञापित जारी गर्दै बताउनु भएकोछ। जनप्रतिनिधि र कर्मचारीहरुको मान मर्यादामा ठेस हुने गरि एक युटुब चैनलमा अपलोड गरिएको भिडियोहरुमा तथ्य हिन कपो कल्पित रहेको भनि जनाईएको छ ।
भाइरल गरिएको भिडियोमा सत्य तथ्य नदेखाई तथ्यहिन कुराहरु देखाईएको प्रेस बिज्ञपतीमा उल्लेख गरिएको छ। प्रस्तुत भिडियोहरु एकहरो रुपमा बनाईएको र भिडियोहरु ईडिट गरी तथा कल रेकर्ड आफु अनुकुल बनाई ,विभिन्न राजनितिक सर्यन्त्र गरेर नगरपालिकाको बिकासको काम प्रभावित गर्न र विभिन्न बहानामा राजनितिक प्रतिशोध साध्न खोजेको यादवले बताउनु भएकोछ ।सत्य तथ्य छानबिन गरि सत्य तथ्य बाहिर ल्याई दिनु हुन सम्पुर्ण संचारकर्मी र सरोकारवालालाई प्रेस बिज्ञपती मार्फत नगर प्रमुख यादवले आग्रह गर्नु भएको छ ।