बारा - १० - जेष्ठ - श्रीकान्त गुप्ता - बाराको महागढीमाई फाउण्डेशन नेपालकाले विभिन्न ठाँउमा अस्थायी (माक्स सेन्ट्राइजर , ओक्सीमीटर बैंक )हेल्प डेक्स स्थापन्ना गरी कोरोना प्रभावित ब्यक्ति र सर्बसधारणलाई स्वास्थ सामग्री बितरण गर्न शुरु गरेका छ्न ।
महागढीमाई नगरपालिकाको विभिन्न स्थान बरियारपुर बजार, इनर्वा चौक, धरमपुर, गढ़ीमाई मन्दिर, सेमरा, गणेश चौक, मैनी, बबुआइन, बगडमपुर, गंजभवानीपुर लगाएत अन्य ठाउँमा अस्थायी (माक्स सेन्ट्राइज र ओक्सीमीटर बैंक  ) हेल्प डेक्स स्थापन गरि सर्बसधारणलाई माक्स र सेन्ट्राइजर बितरण गरेको हो । सर्बसधारणले स्वास्थ सतर्कता बिना विभिन्न कामले आएका सर्बसधारणलाई नयाँ भेरियन्टलको कोरोनाबाट सतर्कता अपनाउने बारे सम्झाइ बुझाइ नि: शुल्क रुपमा माक्स सेन्ट्राइजर बितरण गरेको महागढीमाई फाउन्डेसनका सल्लाहकार र संरक्षण सुनिल कुशवाहाले बताउनु भएकोछ ।

त्यस्तै नयाँ भेरियन्टलको कोरोनाबाट संक्रमित भएर होम आइसुलेसनमा बसेका बिरामीलाई फिर्ता हुने गरी ओक्सीमीटर, औषधी , पौषटिक आहार ,अन्य स्वास्थ सामग्रीहरु संक्रमितको घर सम्म महागढीमाई फाउन्डेसन नेपालले पुर्याउने गर्दा संक्रमितलाई राहत भएको स्थानीय सर्बसधारणले बताउनु भएकोछ । महागढीमाई नगरपालिका अन्तरगत रहेका विभिन्न सहकारी बैंक , संघसंस्था , र कम्पनीबाट कोरोनाको समयमा स्वास्थ सामाग्री सहयोग नभएको सर्बसधारणले गुणासो गरेकोछ ।

महागढीमाई फाउन्डेसन नेपालको स सचिव रबिराज साहको अध्यक्षमा हेल्प डेक्स ५ दिन सम्म संचालित रहनेछ्न । हेल्प डेक्स संचालन कार्यक्रममा महागढीमाई फाउन्डेसन नेपालका सम्पूर्ण पदाधिकारीको उपस्थित रहेको थियो ।