बारा -१- जेष्ठ - बाराको महागढीमाई नगरपालिकाकामा आज देखि ल्याब संचालन गरेकोछ । महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर स्वास्थ्य चौकी र वडा नं १० गंजभवानीपुर स्वास्थ चौकीमा सो ल्याबको उद्घाटन प्रमुख अथिती नगरप्रमुख उपेन्द्र यादवले गरेका हुन ।

टाइफाई ज्वरो , रुघाखोकी , झाडापखाला , निमोनिया , क्षयरोग ,लगाएत रोगको नि:शुल्क परिक्षण गरि सो अनुसारको निशुल्क औषधी उपलब्ध हुने नगरप्रमुखले ल्याबको उद्घाटन गर्दै बताउनु भएको हो । महागढीमाई नगरपालिकाकामा पछिलो समय देखि रोग परिक्षणको लागी ल्याबको ब्यवस्थापन नहुदा नगरपालिकाका ११ वटा वडाका सर्बसधारणले रुघा खोकी टाइफाई ज्यरो , निमुनिया , झाडापखाला ,क्षयरोग रोग लगाएत अन्य रोगको चेक जांचका लागि कलैया बिरगंज र निजी अस्पतालमा जानु परेको अवस्था र जनताको गुणासो बुझेर महागढीमाई नगरपालिकाको दुई वटा वडाको स्वास्थ चौकीमा रोग परिक्षणका लागि ल्याब ब्यवस्थापन गरि संचालन गरिएकोछ ।महागढीमाई नगरपालिका अन्तरगत १३ वटा स्वास्थ चौकीले सेवा दिन सुरु गरेको छ। नगरबासीले आफ्नो नजिकको स्वास्थ चौकीमा रोगको चेक जांच गराउन सकिने नगरप्रमुख यादवले बताउनु भएकोछ ।
नगरबासीको स्वास्थ सुरक्षाको लागि स्वास्थ चौकीमा एक्सरे मसिन , कान , नाख , आंख घाँटी लगाएत अन्य उपकरण ब्यवस्थापन गरि सम्पूर्ण रोगको चेक जांचका लागि नगरपालिकाले लागि परेकोछ । महागढीमाई नगरपालिकाले एमबुलेन्स नि: शुल्क रुपमा संचानल गर्दै आएकोछ ।