बारा - ९ बैशाख अजय साह - बोलबम काँवर सँघ बाराको ५० औ वार्षिक उत्सवको अवसरमा हवन गरिएको छ । कलैयाको एतिहासिक राजदेवि मन्दिरको प्राङ्गणमा वैदिक मन्त्र द्धारा हवन गरि वार्षिक उत्सव मनाईएको हो ।
समाजसेवी एव सहयोगी संजय श्रेष्ठ र उनको श्रीमती शोभा श्रेष्ठले हवन कार्यक्रम गरेका थिए । श्रेष्ठ दम्पती पुजामा बसि बैदिक मन्त्रको उच्चारण गरि हवन गरेका थिए । समाजसेवामा पहिला देखि नै आफु सक्रिय रहेको र रामनवमीको अवसरमा हवन कार्यक्रम गर्न अवसर दिएकोमा सँघलाई धन्यवाद समेत श्रेष्ठ दम्पतिले दिएका छन् ।
रामनवमीको अवसरमा मन्दिरमा हवन गरि समाजमा शान्त र कोरोनासँग लडन सक्ने क्षमता प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बोलबम काँवर सँघका अध्यक्ष कर्दम श्रेष्ठले जानकारी गराएका छन् ।
विस २०२८ सालमा बोलबम काँवर सँघको स्थापना भएको निरज नेपालीले जानकारी गराएका छन् । संस्थापक स्व. सिताराम नेपालीले बोलबम काँवरको अभियान चालेको नेपालीले बताए । पछि स्व. कपिल श्रेष्ठको अध्यक्षतामा सँघ गठन गरिएको थियो । संघमा काशीनाथ प्रसाद बैधजी, जगबहादुर यादव र सर्जुग साह कानु लगायतका रहेका थिए ।
२०२८ साल देखि नै सँघले विभिन्न धार्मिक नदिहरुमा गएर जल ल्याई सिद्धेश्वरनाथको मन्दिरमा जलार्पन गर्ने गरेको निरज नेपालीले बताए । अहिले शितलपुर, विश्रामपुर, कलैयागाउँ लगायत ९ गाउँमा बोलबम सँघ गठन गरिएको छ । संघमा करिव एक हजार भन्दा बढि श्रद्धालुहरुको सक्रिय सहभागिता रहेको छ ।
वर्तमान बोलबम सँघमा अध्यक्ष कर्दम श्रेष्ठ, सँघ संचालक निरज नेपाली, कार्यवाहक सरोज कृष्ण प्रसाद साह, स्वास्थ्य प्रमुख वैध राजेश कुमार गुप्ता, आर्चाय जोगिन्द्र तिवारी र मिडिया प्रमुखमा अजय साह रहेका छन् ।
सँघले हवन, योग शिविर, तिर्थ यात्रा, मठ मन्दिर सरसफाई, बृक्षारोपण, अनाथ आश्रममा सहयोग जस्तो कार्यहरु गर्दै आएको मिडिया प्रमुख साहले जानकारी गराएका छन् ।

0 Comments