बारा - ४ - बैशाख श्रीकान्त गुप्ता - फेटा गाउँकार्यपालिका कार्यालयले आर्थिक बर्षमा ४६ जना भन्दा बढी गरिब बिपन्न परिवारलाई ४ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग गरेका छ्न ।
फेटा गाउँपालिका विभिन्न वडामा रहेका गरिब बिपन्न परिवारलाई आर्थिक बर्षमा ४ लाख ५६ हजार रुपैया ४६ जना गरिब बिपन्न परिवारलाई गाउँपालिकाले सहयोग गरेका छ्न । आर्थिक अभावमा बर्षौ दिन देखि विभिन्न रोगको पीडा झेल्दै आएका गरिब र बिपन्न परिवालाई गाउँपालिकाले आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले राजाहुसेन मियालाई ५ हजारको चेक हस्तान्तरण गर्दै बताउनु भएकोछ ।क्यान्सर , हिर्दय रोग , मुटुक रोग , टाउको रोग , विभिन्न दुर्घटनामा परी शरीर अङ्गभग ,र अन्य रोग लागेका गरिब बिपन्न असमर्थ ब्यक्तिलाई गाउँपालिकाले सहयोग गरिएको ।अध्यक्ष प्रसादले बताउनु भएकोछ ।
विभिन्न उमेर बर्गका रोगीलाई ५ हजार देखि २० हजार सम्म गाउँपालिकाले गरेको सहयोगबाट नेपाल र भारतका विभिन्न राज्य सम्म रोग चेक गराउन सहज भएको फेट गाउँपालिका जगरनाथ ठाकुरले बताउनु भएकोछ। उन भने आफ्नो आर्थिक अवस्था कमजोरले तीन बर्ष देखि लागेको रोग चेक गराउन नसकिदा गाउँपालिकाको आर्थिक सहयोगबाट आफुले चेक गराउन सफल भएकोछु।


0 Comments