बारा -२५ - फागुन - बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब १९ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ ।
घरमै गएराती काले भन्ने रोहितको घरमा घाटी रेटी हत्या अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालाय बाराले जनाएकोछ । घरमै एक्लै रहेको अवस्थामा उनलाई अज्ञात समुहले धारिलो हतियार प्रयोग गरेर हत्या गरेकोछ ।घटना स्थलमा इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली परिचालन भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत आईपुग्दैछ । घटनाको थप अनुसन्धान भइरहेकोछ ।

0 Comments