बारा - ९ - चैत- श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिकामा सहकारी संस्था लिमिटेड २० बर्ष देखि बन्द रहेको हुँदा बीउ बिजन मल र खादको अभावमा किसानलाई समस्या भएपछि महागढीमाई नगरपालिकाको सहयोगमा सहकारी संस्था लिमिटेड पुन संचालमा आएकोछ ।
महागढीमाई नगरपालिका वडा नं २ स्थिर २०३३ सालमा सहकारी संस्था लिमिटेड स्थापन भइ संचालन आएको थियो । सहकारी संस्थाको आर्थिक समस्या र रिण लगानी गर्ने उदेश्यले संस्थाको ७ कट्टा जग्गा र भवन कृषि बिकास बैकमा ढितो राखी पदाधिकारीहरुले कर्जा उठाएको थियो ।संस्थाको पदाधिकारीहरुको लापरवाहीले समयमा बैकको ऋण र ब्याज बुझाउन नसक्दा संस्थाको जग्गा र भवन लिलाम हुने अवस्था आएपछि संस्था बन्द भएको स्थानीयले बताएकोछ । सहकारी संस्था लिमिटेड २० बर्ष देखि बन्द भएपछि महागढी नगरपालिकाका किसानले खेतीपातीको लागि आवस्यक मल , खाद , बीउ , बिजनको समस्या झेल्दै आएकोछ । किसानलाई मल खाद बीउ बिजन खरिद गर्न सदरमुकाम कलैया ,बिरगंज , र भारतको बिहार राज्य सम्म पुगे पनि सहकारी संस्थाले उपलब्ध गराएको दर रेटमा खाद मल बीउ पाउदैन ।बाध्य भएर चर्को रकम तिरेर मल किन्नु पर्ने बाध्य रहेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै कुरा बताउनु भएकोछ । महागढीमाई नगरपालिकामा अधिकांस किसानले खेतीपाती गरेर आफ्नो जीवन निर्वाह गर्छ । किसानले खेतीको अधारमा बाल बच्चालाई बिरगंज, पोखरा र काठमाडौमा पढाउदै आएकाछन ।कोरोनाको बन्दीमा मल खादको अभावमा किसानले लगाएको बाली उबजाउ हुन सकेका छैन । जसकारण कति किसानले ऋणमा डुबेकोछ । महागढीमाई नगरपालिकामा भित्री ४ हजार हेक्टर जग्गा कृषि योग्य रहेकोछ ।४ हजार हेक्टर जग्गामा उबजाउ बढाउन एक हजार टन मल खाद सहकारी संस्था लिमिटेडमा नगरपालिकाले उपलब्ध गराउने नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।
नगरपालिकाको सहयोग सहकारी संस्था लिमिटेडमा पु. न संचालन ल्याएर किसानहरुको समस्या समाधान गरेकाछौं किसानलाई खाद मल खरिद गर्न बाहिर जानू पर्दै सुपत मुल्यमा सहकारी संस्था मार्फत उपलब्ध गराउने उपप्रमुख तारा देबी कानुले कार्यक्रममा बताउनु भएकोछ ।
सहकारी संस्था लिमिटेडको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उमेश राज रिमाल , चन्देश्वर साह , वडा अध्यक्ष , प्रहरी प्रशासन , संस्थाको अध्यक्ष बिजय स्वर्णकार , संस्थाको विभिन्न पदमा रहेका पदाधिकारीहरु दिपप्रकास गुप्ता पत्रकार , उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन बिरेन्द्र यादवले गरेको थियो ।




0 Comments