बारा - फाल्गुन २९- महागढीमाई नगरपलिकाका उपप्रमुख तारा देबि कानुले निश्पक्ष पत्रकारिताले समाज परिवर्तन हुने बताउनु भएको छ । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई शनिबार प्रमुख अतिथिको आसनबाट कार्यक्रमको र कानु पत्रकार संघ बाराको कार्यालयलाई उदघाटन गर्दै कानु पत्रकार संघ बाराको पत्रकारबाट सबै जातीको उथान हुने उप प्रमुख तारा देबी कानुले बताउनु भएकोछ । सो कार्यक्रममा कानु पत्रकार संघ बारामा आवद्ध सम्पुर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
बाराको कलैया स्थित होटेल करण राज पैलेसमा आयोजित कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेस नं २ को बिधायक एव जनता आवास कार्यक्रम रौतहटको संयोजक बाबुलाल साह कानुले पिछडिएका कानु जातिको मात्र होइन सबै जातिको उत्थान गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएयो । कानु पत्रकार संघ बाराको गठन भएकोमा आफू धेरै खुशी भएको र कार्यालय संचालनको लागि चाहिने आवश्यक सामग्रीहरु आफुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । कानु कान्दु ,हलौवाई सबैलाई गोलबध गरि एकजुट बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
दहेज प्रथा अन्तको लागि छोरिलाई उच्च शिक्षा दिनु पर्ने बाराको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भएकोछ । कानु पत्रकार संघको बिकासले राष्ट्रको बिकासमा ठूलो सहयोग जिल्ला बासीलाई उथान हुने जिल्ला अधिकारी पौडेलले बताउनु भएकोछ ।
कानु पत्रकार संघ समाजको सबै जातीलाई उथान गर्ने उदेश्यले संघ गठन भएको हो । समाजको बिकृती , उत्पन्न समस्यालाई अन्त गर्दै विभिन्न बर्गका जातीलाई लिएर अगाडि बढ्ने संघको उदेश्य रहेको स्वागत मन्तव्यमा कानु पत्रकार संघका सचिव श्रीकान्त कुमार गुप्ताले बताउनु भएकोछ ।संघले काखा पाखा नगरी निष्पक्ष रुपले कलम चलाएर समाजको सेवा गर्ने प्रतिबद्धता संघको तर्फबाट गुप्ताले जनाउनु भएकोछ ।
बाराको अध्यक्ष अजय साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न २ को सचिव गुरुप्रसाद गौतम , वरिष्ठ पत्रकार गोकुल घोरसाईने , पुर्व उपाध्यक्ष राकेश पान्डे , रेशम तिवारी , कानु समाज बाराको अध्यक्ष ओमप्रकाश साह कानु , उपाध्यक्ष हरिनारायण साह , रबिन्द्र साह , भूषण गुप्ता , नागरिक समाज बाराको अध्यक्ष उमेशलाल दास ,उधोग बाणिज्य संघ बाराको महासचिव राम असिस साह कानु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो
त्यसैगरी कानु पत्रकार संघ बाराको अध्यक्ष अजय साहले प्रमुख अतिथि तारा देबि कानुलाई गणिनाथ महराज अंकित मायाको चिनो प्रदान गर्नु भएको थियो कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रममा बारा , पर्सा ,रौतहटका स्वजातिय ब्याक्तित्वहरुको स्शभागिता रहेको थियो । कार्यक्रमको संचालन कानु पत्रकार संघ बाराको उपाध्यक्ष नरेश गुप्ताले गरेको थियो ।




0 Comments