बारा - २४ - श्रीकान्त गुप्ता जिल्लामा महिला हिस्सा , समाजिक कुरीति , कुप्रथा , लैगिक हिसामा वृद्धि हुन थालेपछि बाराको विभिन्न स्थानीय तहमा १११औं अन्तरास्ट्रिय महिला दिवस कार्यक्रममा महिलाहरुले झेल्नु पर्ने समाजिक समस्या बताएका छ्न ।
बाराको महागढीमाई नगरपालिका , बारागढी गाउँपालिका , सिमरौनगढ नगरपालिका , बिश्रामपुर गाउँपालिका , सुवर्ण गाउँपालिका कलैया उपमहानगरपालिका लगाएत अन्य पालिकामा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम मनाइयोछ । कार्यक्रममा समाजिक बिकृतीका कारण महिलाहरुले समाजमा झेल्नु पर्ने विभिन्न समस्याहरु बारे महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले मोबाइल मार्फत लाइभ भएर कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएकोछ ।
मधेसी समाजमा महिलाहरुले शिर उठाए बाच्नु समस्या भएकोछ । प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम संचालन गरेपनि जिल्लामा दहेज प्रथा देखि लिएर महिला हिस्सा कुटपिट बलात्कार र महिला तलाकमा वृद्धि भएछि महिलाहरुले चिन्तित भएको महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देबी कानुले बताउनु भएकोछ ।महिलाहरुलाई श्रीमानको परिवारबाट आउने दु: ख पीडा अहिले सम्म न्यून भएको छैन ।शिक्षा र राजनितिक क्षेत्रमा अहिले सम्म महिला पछाडि नै रहेकोछ ।पूर्बजका पुर्खाहरुले छोरीलाई पढाउने चलन थिएन जसकारण अहिले आएर यी सबै समस्या महिलाहरुलाई झेल्नु परेकोछ । सबै महिलाको समस्या एउटै रहेकोले छोरीलाई छोरा जस्तै सम्मान रुपले शिक्षा दिनु पर्ने सबै महिलामा उपप्रमुख देबी कानुले आग्रह गरेकी छिन ।

जिल्लामा स्थानीय सरकारले हरेक बर्ष नारी दिवस मनाउदै आएकोछ ।तर ग्रामीण भेगमा महिलाहरु माथी दिन प्रति दिन शोसन ,बढ्दै गएकोछ । पुरुषले रक्सी खाएर महिलालाई खुटपिट र गाली गर्ने अवस्था रहेकोछ ।महिलाहरुले घरको आर्थिक परिवर्तनको लागि घर बाहिर निस्केर कुनै ब्यवसायी संचाल गर्न चाहेमा पुरुषहरुले घर बाहिर निस्कन नदिने महिलाहरुले बताउ छिन ।मधेसी समाजका सासू ससुराले छोरीको मुखै हेर्न चाहिदैन दुई ओटा छोरा हुदा छिटै परिवार नियोज गराइ दिन्छ । छोरी हुँदा गर्भमा हत्या गर्ने प्रबृती रहेको समाजिक संजाल बाराका अध्यक्ष बबिता जैसवालले बताउछिन ।
महिलाहरुको पहिला देखि कमजोर अवस्था रहेकोछ ।समाजमा जनचेतना महिला हिस्सा बलात्कार लैगिङ्ग हिस्साको बारेमा जनकारी नभएकोले महिलालाई समस्या भएको हो । महिला हिस्सा ,लैगिंक हिस्सा ,बारे जनकारी भएपछि बिस्तारै सुधरिदै जाने बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी कार्यक्रममा बताउनु भएकोछ ।महिला हिस्सा , बलात्कार , दहेज प्रथा समाजिक अपराधलाई न्यून करण गर्न कानुनलाई काडा बनाउनु पर्ने अधिकृत चौधरीले बताउनु भएकोछ ।