बारा - २६ माघ -श्रीकान्त गुप्ता - विश्व प्रसिद्ध गढीमाई मेलामा आउने दर्शनार्थीलाई चिसोमा बासबस्न समस्या हुँदै आएकोले शम्भु साह कानु र सुरेश साह कानुले चन्दामा दिएको भुमीमा महागढीमाई नगरपालिकाकानगरप्रमुखले भवन निर्माण का लागी आग्मी आर्थिक बर्षमा ३० लाख बजेट बिनोजित गर्न आफ्नो प्रतिबद्धता दिनु भएकोछ ।
महागढीमाई नगरपालिका वडा नं १० मा भुमीपुजन कार्यक्रममा नगरप्रमुख उपेन्द्र यादवले कानु समाज भवानीपुर धर्मशाला भवन निर्माणका लागि आगमी आर्थिक बर्षमा ३० लाख बजेट छुट्याउनु बताउनु भएको छ ।प्रतेक ५ बर्षमा लाग्ने गढीमाई मेलामा आउने दर्शनार्थीलाई ब्यवस्थापन गर्न टेण्डमा १५ लाख भन्दा बढी खर्च हुने गर्छ । तर अस्थायी ब्यवस्थापनले चिसोमा दर्शनार्थीले सास्ती खोप्नु पर्ने अवस्था रहन्छ। ठाउँ र टेण्डको अभावमा दर्शनार्थीको बासका लागी पीडा भोगेर जानू पर्ने अवस्था रहने गर्छ । दर्शनार्थीको समस्या बुझेर कानु समाजले दिएको भुमीमा भवन निर्माणका लागी नगरपालिकाबाट र आफ्नो ब्यक्तिगतबाट सहयोग गर्ने नगरप्रमुखले बताउनु भएकोछ ।
भुमी पुजन कार्यक्रममा नगरपालिकाका उपप्रमुख तारा देबी कानुले कानु समाज भवानीपुर भवन निर्माणका लागि ५ लाख अनुदान दिने बताउनु भएकोछ ।शम्भु साह कानुले १ लाख ११ हजार , बिशुन साह कानुले १ लाख २१ हजार ,कानु हलुवाही मधेशी केन्द्री समितिका महासचिव चन्देश्वर साह कानुले १ लाख ११ हजार भवन निर्माणको लागी चन्दा दान गर्नु भएकोछ ।नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले र उपप्रमुख तारा देबी कानुले भुमी दाता शम्भु साह कानु र सुरेश साह कानु परिवारलाई फुल माला लगाएर प्रशंसा पत्र दिनु भएकोछ ।
कानु समाजले गरेको काम उधारणको रुपमा हेर्न सकिन्छ ।समाजमा रहेका विभिन्न जातिले दान पुन गरे गढीमाई क्षेत्रमा धर्मशाला , खाने पानी , पार्क , पिक्निक , लगाएत जस्ता बिकास गरेमा स्थानीय तहको बिकासमा सहयोग पुग्छ ।
कार्यक्रममा चन्देश्वर साह , कानु जाती जिल्ला देखि केन्द्रिय सम्मका पदाधिकारीहरु , प्रहरी पशासन पत्रकार , नगरपालिकाका सबै वडा अध्यक्ष , लगाएत उपस्थिति रहेको थियो ।




0 Comments