बारा -२५ माघ- श्रीकान्त गुप्ता - कोरोना भाइरसले १० महिना देखि बाराको कवही गोठ संन्तगज नाका बन्द भएकोले गर्दा सर्बसधारणलाई आउन जान समस्या भएपछि कवहीगोठ संन्तगज नाका खोलाउन नेपाली कांग्रेसका प्रजातान्त्रिक सेनानी ज्ञानचन्द्र यादवले अनसन बसेका छ्न । महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले अनसनलाई पूर्ण रुपमा समर्थन गरी सरकारले शान्ति पूर्ण अनसनबाट समयमा सरकारले नाका खुल्दैन भने आन्दोलनमा जाने नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।
नेपाल र भारतको रोटी र बेटीको संबन्ध रहेको हुनाले कवहीगोठ संन्तगज नाकाबाट प्रतेक दिन २० हजार भन्दा बढी सर्बसधारणहरुले विभिन्न कामका लागी नेपालबाट भारत र भारतबाट नेपाल आउने जाने गर्छ ।कोरोना भाइरसको डर त्रासले १० महिना देखि कवहीगोठ नाक बन्द भएका हुनाले सर्ब सधारणलाई नेपालबाट भारत र भारतबाट नेपाल आउन जान समस्या भएको हो । नाक बन्द भएकाले सवारी साधन नचल्दा सर्बसधारणले टाउकोमा झोला बेग , बोरा , काखमा बालबालिका बोकेर पैदल आउन जान बाध्य भएपछि नाका खोलाउन नेपाली कांग्रेसका प्रजातान्त्रिक सेनानी ज्ञानचन्द्र यादवले अनसन्नमा बसेको बताउनु भएको छ । यता सर्बसधारणले बताउछ । नाका बन्द भएकोले टाउमा झोरा बोरा बोकेर पैदल आउन जाना समस्या भएकोछ ।
बारा , पर्सा र रौतहट लगाएत अन्य जिल्लाको नाका सरकारले एकै साथ खोल्ने निर्णय गरे पनि बाराको कवहीगोठ संतगज नाकालाई सरकारले खोलेका छैन । सरकारले नाका खोल्न काखां पाखा गरेपछि सर्बसधारणलाई सास्ती खेप्नु परेकोछ ।कोरोना भाइरसको डर त्रासले १० महिना देखि विभिन्न रोगको चेक जाँच गराउन नसकेका सर्बसधारणले रोगीलाई विभिन्न सवारी साधनमा ल्याएर बोडर पारी अर्को सवारी साधनलाई रिझब गराएर भारतको बिभिन्न्न राज्यमा भएको होस्पिटलमा चेक जाँच गराउन जादा दोहरो खर्चको मारमा परेकोछ । संतगज नाका बन्द भएकोले सवारी साधानको अभावममा कति बिरामीलाई साइकल र,कन्धामा बोकेर अस्पताल सम्म पुर्याउन अवस्था रहेको सर्बसधारणले बताउछ ।
कोरोनाको डर त्रासले भारत सरकारले बन्द गरेको नाका खोप ल्याए संगै नाका खोलेकाछ्न ।संन्तगञ्ज नाकाबाट भारतको विभिन्न राज्यमा जान छोटो दुरीको बाटो भएकोले संन्तगञ्ज नाकाबाट सर्बसधारणको आउन जानेको संख्या बढी रहेकोछ ।नेपाल सरकारले जिल्लाको अन्य नाका खोले पनि कवहिगोठ संन्तगञ्ज नाका नखोलेपछि सर्बसधारणलाई सास्ती भएकोछ ।



0 Comments