बारा –७ फागुन बारामा १६ वटा स्थानीय तह र विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम गरि बाजा गज्जाका साथ ७१ औं प्रजातन्त्र दिवस मनाईएको छ ।

बारागढी गाउँपालिका , सिम्रौनगढ नगरपालिका महागढीमाई नगरपालिका कलैया उपमहानगरपालिका , बिश्रामपुर गाउँपालिका , निजगढ नगरपालिका लगाएत १६ वटा स्थानीय तह, सरकारी कार्यालय, गैर सरकारी संस्था लगायत विभिन्न संघ संगठनहरूले आफ्नै कार्यालयमा नेपालको झण्डा फहराई राष्ट्रिय गानाका साथ प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवसको अवसरमा विभिन्न खेलकुद कार्यक्रमको उद्घाटन , नगर सरसफाइ जस्ता कार्यक्रम गरिएकोछ ।
प्रजातन्त्र भन्दा अगाडि देशमा राणाहरुले जनता माथी दमन शोसन गरिराखेका थियो ।राणाहरुको शासन कालमा राणाहरुले महिला माथी बलात्कार , हत्या हिस्सा ,अत्यचार जस्ता कर्णी गर्दैथियो । शिक्षा , स्वास्थ , र जनताको इच्छा अनुसार काम हुदैन थियो जनताको भवना मर्म पीडा बुझेर २००६ सालमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भएको सिमरौनगढ नगर प्रमुख बिजय शंकर यादवले आफ्नो मन्तब्यमा दिनु भयो । नगरप्रमुख यादवको अतिथ्यतामा भएको कार्यक्रममा प्रहरी , शस्त्र प्रहरी , क्रमारी , बुधिजिबी आम नागरिक लगाएत उपस्थितिमा कार्यक्रम सम्पन्न भएकोछ ।
देशमा २००७ साल देखि प्रजातन्त्र लागु भएपछि जनताले समानरुपमा हक पाइरहेकोछ । आफू चाहेको हक अधिकार अनुसार काम गर्न पाइरहेकोछ । राणाकालमा देशमा पढन पनि पाइरहेको थिएन आज समान रुपले शिक्षा पनि पाइरहेको गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक बिधालयका सबिता कुमारी बताउछिन ।

देशमा प्रजातन्त्र आएको हुनाले देशमा समान रुपमा हक अधिकार पाइरहेको हुनाले स्वतन्त्र रुपले जनताहरु बाचिरहेका छन।