बारा - बाराको बारागढी गाउँपालिकामा बैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
नेपाल सरकार र स्वीटजरल्याण्ड सरकारको द्विपक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बारागढी गाउँपालिकाको नेतृत्व, हेल्भेटास नेपालको प्राविधिक सहयोग र सेवा प्रदायक संस्था दलित जनजाति उत्थान केन्द्र, बाराको सहजीकरणमा संचालित सुरक्षितआप्रवासन परियोजना अन्तर्गत सुरक्षित वैदेशिक रोजगारी स्थानीय तहका पदाधिकारीहरुसंग अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
बारागढीगाउँपालिकाका अध्यक्ष देवदत बछारको अध्यक्षतामा संचालन भएको कार्यक्रमम गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी देवी राय, ६ वटै वडाका वडा अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी लगाएत अन्य क्रमचारी उपस्तिथि रहेको थियो ।