बारा - २६ - माघ -श्रीकान्त गुप्ता - बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहद्वारा ढुंगाना र धारिलो हतियार प्रयोग गरि एक जना महिलाको हत्या गरिएको छ।
महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी बैजनाथ प्रसाद कुश्वाहाको ४५ बर्सिय श्रीमती कान्तीदेवि कुश्वाहालाई राती करीब १० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भइरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गरेर घटनाको छान बिन भइरहेको बताउनु भएकोछ । अपराधीको गामछ। र रिङ्ग जस्ता बस्तुहरु फेला परेको छ ।
घरबाट खाना खाएर बाहिर घुमन गरेर घरमा आएको बेला श्रीमतीको शव भुइमा परेको अवस्था घरबाहिर निकलेर रुन कराउन थालेपछि स्थानीहरु र प्रहरीले आउनुभएको मृत्कको श्रीमान बैजनाथ कुश्वाहाले बताउनु भएकोछ ।
कान्ती देबीको शवलाई पोस्ट पाटमको जिल्ला अस्पताल कलैयामा भइरहेकोछ ।

0 Comments