बारा - २३ - माघ - सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले विहीबार राखेको देशब्यापी आम हड्तालको प्रभाव बारामा परेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि झनै आक्रोसित बनेको नेकपा बन्द सफल बनाएर सरकारलाई दबाब दिन बाराको विभिन्न विभिन्न स्थानीय तहमा नेकपाका नेता, कार्यकर्ता विहानै देखि जिल्लाका चोक चोकमा निस्किएपछि बन्दको प्रभाव यातायात, बजार, उद्योगधन्दा, शिक्षणसंस्था लगायत क्षेत्र प्रभाबित बनेको छ ।
जिल्लाका महागढीमाई नगरपालिका सिमरौनगढ नगरपालिका , कलैया उपमहानगर नगरपालिका , जीतपुर सिमरा उपमहानगरपालिका कोलभी नगरपालिका , निजगढ नगरपालिका लगाएत विभिन्न स्थानीय तहमा लाग्ने बजारहरु बन्द रहेका छ्न ।भने कही कही खोलिएको छ । हुलाकी सडक , र पूर्व पश्चिम महेन्द्र राजमार्ग विहानै देखि सुनसान जस्तै बनेको छ । लामो दुरीका सवारी साधन नचलेका कारण सर्बसधारणलाई विभिन्न काममा जान्न समस्या भएको छ ।
बन्दकर्ताले कुनै अप्रिय कदम चाल्ने सम्भावनाका कारण जिल्लाका ठाउँ ठाउँमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ । एमबुलेन्स , औषधि पसल , खधान्य पसलहरु खुलेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार कलैयामा ८ जना कार्यकर्ता पक्राउ परेका छन् ।
कलैया स्थित भरत चौकमा सरकार बिरुद्ध नारा लगाउदै गरेका प्रचण्ड–माधव पक्षका ८ जना कार्यकर्ताहरुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन ।


0 Comments