बारा -२६ - पुस - श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देबि कानुले न्यायिक सेवामा जनसमुदायको पहुचमा अधारित मेल मिलाप सम्बन्धि ३ दिने तालिम कार्यक्रमको आज उद्घाटन गरेछिन ।
महागढीमाई नगरपालिका वडा नं २ कार्यालयमा नगरपालिकाको सहयोगमा ग्रामीण उथान अभियान संस्था द्वारा आयोजना गरेको कार्यक्रममा स्थानीय तहमा न्यायिक समितिको अभावमा आम नागरिक पीडा भोग्दै आएका छ्न । मधेशी समाजमा अशिक्षाका कारण विभिन्न झगडा र बिबादको न्याय समाज नपाउदा अदालत सम्म पुगेर लाखो रुपैया खर्च गरिरहेका छ्न । त्यही समस्या समधानका लागि नगरपालिकामा न्यायिक समितीको बिस्तार गरेर कार्यकारीहरुलाई तीन दिने तालिम संचालन गरेको उपप्रमुख तारा देबी कानुले बताएकिछिन । समाजमा कुनै किसिमको घटना र बिबाद बढेपछि न्याय समितिबाट सत्यतथ्यको छान बिन गरि निस्पक्ष रुपले जनताको न्याय दिलाउने पनि आफ्नो प्रतिबद्ध जनकारी गराएकिछिन ।
कार्यक्रमा ग्रामिन उथान अभियान संस्थाको विभिन्न पदअधिकारी , कार्यपालिका सदस्य , वडा अध्यक्ष र बुधिजिबी समाजसेबी लगाएत उपस्थिति रहेको थियो ।