बारा कलैया,- ३- माघ - साजिर मन्सूर-आफ्नै घर भित्रको झगडा मिलाउन नसक्ने नेपालका कम्युनिस्टहरु देशको मुहार फेर्ने भाषण गर्दै हिड्नु आफैमा हास्यास्पद भएको नेपाली काङ्ग्रेस बारा छेत्र नम्बर ४ का सभापती युवा नेता सुनिल गुप्ताले टिप्पणी गरेका छन । गुप्ताले नेपाली काँग्रेस विश्रामपुर गाउँपालिका छेत्र नं. ४ (ख) बाराको आयोजनामा विश्रामपुर गाउँपालिकाको वडा नं. २ स्थित बरैनिया बजारमा आज भएको विरोध र्याली तथा विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन ।
जनताले ५ बर्षको लागि खोक्रो रास्ट्र बाद को मुद्दा नै भए पनि नेकपालाई दुई तिहाईको मत दिएको तर भएपनी त्यो जनताको मतलाई कदर नगरी जनतालाई नेकपाले धोखा दिएको गुप्ताले बताएका छन । नेपाली काङ्ग्रेस सङ्ग चुनावमा डराएको नेपालका कम्युनिस्टहरुले चुनावी तालमेल गर्नु र चुनाव पछि आ आफ्नै स्वार्थमा लागेर केवल देशमा अराजकता ,भ्रस्टाचार,लुटतन्त्र,महिला हिंसा,बलत्कारी को संरक्षण,सरकारी सम्पत्तिको दुरुपयोग,किसान बिरोधि काम र रास्ट्रासेवक कर्मचारीहरुको अपमान मात्र गरेको नेकपालाई नेपाली जनताले जरो देखि उखेलेर फालिदिने मनसायमा पुगेको गुप्ताले बताएका छन ।
सोही अवसरमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि जयनारायण यादबले सम्बिधानमा हुँदै नभएको धारा समातेर सन्सद बिघटन गर्नु र देशलाई अन्धकार र अस्थिरता तर्फ धकेल्नु नै कम्युनिस्टहरु देशका लागि घातक भएको प्रमाण हो भन्दै अब कम्युनिस्ट देशबाट पतन हुने बताएका छन ।
नेपाली काङ्रेसको देश व्यापी कार्यक्रम अनुसार आज गरिएको कार्यक्रममा बोल्दै बिश्रामपुर गाउपालिका वडा नम्बर ४ का अध्यक्ष मदन यादबले प्रधानमन्त्री केपि ओलि संघीयताका लागि घातक रोग भएको बताएका छन । ओलिले शिशु अवस्थामा रहेको संघीयता माथी नै प्रहार गरेको र यसले राजाबादिहरुलाई समेत सल्बलाउन मौका मिलेको बताएका छ्न । यादबले सबै मिलि यश प्रकारका नकारात्मक तत्वहरुलाई नस्ट गर्नुपर्ने बताएका छन । सो कार्यक्रम विश्रामपुर गाउँपालिका का सभापति जगदिश प्रसाद यादवको अध्यक्षता तथा नेकाका केन्द्रीय सदस्य बृजलाल यादवको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो।
सो कार्यक्रम मा विशिष्ट अतिथिहरू नेकाका जिल्ला उपसभापति तथा विश्रामपुर गाउँपालिकाका प्रमुख अमिरीलाल पाल, संविधान सभा सदस्य लालबाबु सिंह नेकाका जिल्ला उपसभापति सुरेन्द्र गुप्ता, महाधिवेशन प्रतिनिधि शिवचन्द्र प्रसाद यादव, विभिन्न वडाका वडा अध्यक्षहरु, नेकाका वडा सभापतिहरु, भूपु गाविस अध्यक्षहरु, नेकाका जिल्ला सदस्यहरू, समाजसेवीहरु, स्थानिय भद्रभलादमीहरु, लगायतको सहभागिता रहेको थियो। सो कार्यक्रममा स्वागत मन्तव्य नेकाका उमेश साहको रहेको थियो भने सन्चालन साजीर मंसुरले गरेका थिए ।


0 Comments