बारा - ११ माघ - बाराको सिम्रौनगढ नगरपालिका नम्बर ५ स्थित रहेको उचिडिह प्राथमिक स्वास्थ्य कार्यालयमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आईतवार सम्पन्न भएको छ । सो स्वास्थ नि शुल्क शिबिरको उद्धाटन सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादवले उदघाटन गरेका थिए । रिबन काटी उदघाटन गरेका कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नगर क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने आफनो कर्तब्य रहेको बताए । उहाँले भने आँखा शिबिर , परिवार नियोजन लगाएत स्वास्थ शिबिर संचालन हुने नगरप्रमुखले बताउनु भएकोछ
सामाजिक विकास मन्त्रालय नं २ प्रदेश, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा श्री चन्दननाथ गण र श्री नं २८ फि. ए. गुल्मको संयोजकत्वमा एवम सिम्रौनगढ नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर गरिएको थियो ।नेपाली सेना र नागरिक बिचको सम्बन्धलाई प्रगाड बनाउन र जनतासंग प्रत्यक्ष घुलमिल गर्नमा सहयोग पुग्ने उदेश्यले सो शिविरको आयोजना गरिएको श्री नम्बर २८ बाहिनीका बाहिनीपति जोनसन खडकाले जानकारी दिए ।
श्री नं. २८ फि.ए. का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानियहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरेका थिए । “दुःखको बेला नेपाली सेना, जनतासँग“ भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाईरसका कारण तथा आर्थिक विपन्नताको कारण औषधी उपचार गराउन नपाएका सर्वसाधारणहरुको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताए । उक्त स्वास्थ्य शिविरमा करिव ७ सय जना सर्वसाधारणहरुको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा १ सय ८९ जना महिला १ सय ४५ जना पुरुष र ७६ जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी औषधी बितरण गरेका थिए । महिलाहरुमा धेरै सन्तान जन्माउने कारणले हुने समस्याहरु सो शिविरमा उपचारको लागि आएका अधिकांश महिलाहरुमा देखिएको थियो डाक्टर अधिकृत सहसेनानी दृष्टिना प्रधानले जानकारी दिईन ।
शिक्षा, स्वास्थ्य सरसफाई सुशासन कायम गर्नेका लागि आफुले काम अगाडी बढाई रहेको भने । कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, श्री चन्दननाथ गणका गणपति प्र.से. श्री श्याम शरण गोतामे, प्रहरी उपरिक्षक दिपेन्द्र शाही सशस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक, स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकारहरु, शिक्षकहरुको ठुलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।