बारा - ७ - माघ- कोरोनाको महामारीका बेला नै जिल्लाको बिपत ब्यवस्थापन समितिको बैठकबाट गरिएको निर्णय अनुसार सबै पालिकाले सामुहिक रुपमा पिसिआर मेसिन खरिद गर्ने बाचा अनुसार आज बिश्रामपुर गाउपालिकाले आफ्नो भागमा परेको रु.५ लाख ६० हजारको चेक बिश्रामपुर गाउपालिकाका अध्यक्ष अमिरिलाल पालले कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबलाई हस्तान्तरण गरेका छन ।
बारा र रौतहट बासीले क्रोना संक्रमित भएपछि पर्सा जिल्लाको बिरगंजमा चेक जाँच गराउन बाहिर जानु पर्ने अवस्था रहेको रहेकोछ । क्रोनाको चेक जाँच आफ्नो जिल्लाको सदरमुकाम कलैयामा ब्यवस्थापन हुन लागेको हुँदा आफुलाई घैरै खुसी लागेको अध्यक्ष अमिरी मालले बताउनु भएकोछ ।पि सी आर मसिन किन्नका लागि अन्य पालिकाले समयमा पैसा जम्मा गरेमा समयमा मसिन खरिद भएमा जनताले लाभ उठाउन सकिने अध्यक्ष पालले बताउनु भएकोछ ।
बिश्रामपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीले आफुले कोरोनाका लागि सहयोग बापत चेक काटन पाउँदा खुशी लागेको बताए । आफुले चलाएको कलमबाट आम जनताले नि शुल्क क्रोना चेक जाँच गराउन मौका पाउने पनि आशा राखेको अधिकृतले मन्तव्य व्यक्त गर्नु भयो ।

सो अवसरमा कलैया उपमहानगरपालिका लेखा पाल सुनिल यादब,कलैयाका मेयरका स्वकिय सचिव नाजिर अन्सारी,अनिल मण्डल,बिश्रामपुर गाउपालिकाका कार्यपालिका सदस्य लगायतकाको उपस्थिति रहेको थियो ।

यस अघि कलैया उपमहानगरपालिका, महागढिमाई नगरपालिका,सुवर्ण गाउपालिका,करैयामाई गाउपालिका,फेटा गाउपालिकाले आफुले दिनुपर्ने रकम बराबरको चेक दिईसकेको छ । बाकी रहेका पालिकाहरुले समेत चाडै चेक हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन । कोरोना परिक्षण गर्न आवस्यक पिसिआर मेसिन कलैया उपमहानगरपालिकाले खरिद गरिसकेको छ ।