बारा - सिमरौनगढ नगरपालिका र नेपाल सेना चन्द्रनाथ गणको संयुक्त आयोजनामा निशुल्क पाँच दिने स्वास्थ्य चेकजाँच शिविर र सो शिविरमा निशुल्क औषधि वितरण हुने भएको छ ।
आईबार देखि स्वास्थ्य शिविर र मंगलबार दिन देखी विहिबार सम्म परिवार नियोजन सेवा सिम्रौनगढ़ नगरपालिकाको कार्यलय वार्ड ५ उचिडिह स्वास्थ चौकीमा हुने भएको हो। सो शिविर कार्यक्रममा “मिनीलैव र भैक्सोंटोमी” जिल्ला स्वास्थ्य कार्यलय बाराको र सिम्रौनगढ नगरपालिकाको सहयोगमा व्यवस्था हुने सिमरौनगढ नगरपालिकाका नगरप्रमुख बिजय शंकर यादवले जनकारी दिएका छ्न ।

त्यस्तै गरी भरतपुर आँखा अस्पताल र सिम्रौनगढ़ नगरपालिकाको सहयोगमा १२ गते सोमबार देखी १५ गते विहिबार सम्म कर्चोंवा स्वास्थ्य चौकी र सिम्रौनगढ़ स्वास्थ चौकीमा निशुल्क आँखा शिविर हुने भएको छ। नगर प्रमुख विजय शंकर यादव बताउनु भएकोछ ।