बारा -२६ - पुस - श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिकाले आज बिदाई कार्यक्रमको आयोजना गरेर जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीलाई बिदाई गरेको छ ।
बाराका प्रहरी प्रमुखको रुपमा करिब एक बर्षे कार्यकाल पुरा गरि काठमाण्डौ सरुवा भएका प्रहरी उपरिक्षक पंगेनीलाई महागढीमाई नगरपालिकाका विभिन्न पदका क्रमचारी , नगरप्रमुख र उपप्रमुखले गामछा माल र टीका लगाएय उहाँको बिदाई गरेका छ्न ।प्रहरी प्रमुखले आफ्नो कार्यकालमा विना राजनीतिक प्रेसरमा काम गर्ने गरेको र जिल्लामा ठुल ठुला अपराधका फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल हुनुभएकोले शाहसी र निडर प्रहरी अधिकारीको भुमिका निर्वाह गरेको नगरप्रमुख उपेन्द्र यादवले बताएका छ्न ।
बिदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा , रामबिश्वास चौरसिया , मनिस कलवार , वडा अध्यक्ष गाजेन्द्र चौरसिया , पत्रकार श्रीकान्त लगाएतले माल टीका लगाएर बिदाइ गरेका छ्न ।


0 Comments