बारा - १३ - श्रीकान्त गुप्ता - पुस प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेपाली काँग्रेस बाराले चार वटै निर्वाचन क्षेत्रमा विरोधको कार्यक्रम गरेको छ ।बारामा रहेका चार निर्वाचन क्षेत्रमा एकै साथ विरोध रयाली निकालिएको छ ।
नेपाली काग्रेसले जिल्लाको निर्वाचन क्षेत्र नं. १ को कोल्हवीमा, क्षेत्र नम्बर २ को बरियारपुरमा क्षेत्र नं. ३ को सदरमुकाम कलैयामा र क्षेत्र नम्बर ४ को सिमरामा छुट्टा छुट्टै विरोध प्रदर्शन कार्यक्रम गरेका छन ।
क्षेत्र नं. १ का सभापति तथा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादवको अध्यक्षतामा कोल्हबीमा बिरोध कोणसभामा भएकोछ। यस्तै क्षेत्र नंं २ को बरियारपुरमा राधेचन्द्र यादबको अगुवाई बिरोध कार्यक्रम सम्पन्न भएको छ । भने यस्तै निर्वाचन क्षेत्र नंं ३ को कलैयामा केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फरमुल्ला मंसुर, पार्टी सभापति जयचन्द्र चौरसिया र क्षेत्रिय सभापति मुकेश कुश्वाहाको अगुवाइमा विरोध प्रदर्शन कार्यक्रम भएकोछ ।
प्रतिनिधी सभा बिघटन असंवैधानिक कदम भन्दै सोका बिरूद्ध काँग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा आज विरोधका कार्यक्रम गर्ने क्रममा बारामा पनि कार्यक्रमहरु भएका हुन् । सोही क्रममा केन्द्रीय सदस्यहरुको अगुवाईमा हजारौं हजार मानिसहरू उपस्थिति बिरोध प्रदर्शन भएको छ ।

0 Comments