कलैया,-पुष -१५ - साजिर मन्सूर - बिधुत चुहावटमा देशभरिमा बदनाम बारालाई सम्मानित ठाउमा ल्याउने बाराको कुलमानको नामले प्रसिद्ध नेपाल बिधुत प्राधिकरण बितरण शाखा कलैया Nea Kalaiya DC का प्रमुख गजेन्द्र चौधरीको भब्य बिदाई गरिएको छ ।
बिधुत कर्मचारी संघ इकाई समिती र कर्मचारी युनियनले संयुक्त रुपमा चौधरीको भब्य बिदाई गरेको संघ इकाई समितिका अध्यक्ष कमलेश गिरिले बताए । गिरिले हाल सम्म यस्तो कुशल कार्यालय प्रमुख यस कार्यालयमा न आएको र वहाको कुशल ब्यवस्थापनका कारण आज हामी नाक फुलाएर कलैया बिधुत प्राधिकरणको कर्मचारी भएको भन्दै हिड्न सफल भएको गर्व गर्दै चौधरीको प्रसंशा गरे । त्यस्तै युनियन का अध्यक्ष बिक्की महतोले चौधरीको नेतृत्वमा काम गर्न सहज भएको र कुशल अभिभावकको सरुवाले मन रोएको बताए । चौधरीलाई अबिर लगाएर ,दोसल्ला र मायाको चिनो सहित भब्य रुपमा बिदाई गरिएको छ ।

२०७५ असार १९ गते कलैया शाखामा प्रमुखका रुपमा आएका चौधरीले करिब अढाई बर्षको कार्यकालमा नेपालमै बिधुत चुहावटमा बदनाम बारा जिल्लालाई ५६% रहेको चुहावट लाई २८% मा झार्न सफल भई तत्कालीन कुलमान घिसिङ्ग बाट समेत देशमै उत्कृष्ट काम गरेको भन्दै सम्मानित समेत भैसकेका छन । चौधरीले आफ्नो कार्यकामा करिब १५ सय हुकिङ्ग गरि बिधुत चोरी गर्नेलाई समाती करिब २ करोड राजस्व संकलन गरेको,१७ हजार सिङगल फेज मिटर बितरण गरेको,५ सय वटा थ्री फेज मिटर मितरण गरेको,टोर्नाडोका बेला समेत बाराली जनतालाई बिधुत आपूर्ति गरेको र कोरोना कालमा समेत कर्मचारी लाई ब्यवस्थापन गरि काम गराएको भन्दै उच्च मुल्यांकन साथ नेपाल बिधुत प्राधिकरण केन्द्रिय शाखाले वहालाई सम्मानित गरेको हो । ७६ जना कर्मचारी रहेको कलैया बितरण केंद्रका कर्मचारीहरुको सहयोग र साथले आफुले यो सम्मान पाएको भन्दै चौधरीले सबै कर्मचारी लाई धन्यवाद दिदै आउने दिनमा समेत यसै गरि उच्च मनोबलका साथ जनताको सेवा गर्न हौसला दिएका छन । चौधरीको यदुकोहा बितरण केन्द्र धनुषामा सरुवा भएको छ भने वहाको स्थानमा अहिले कोआउने अन्यौल देखिएको छ । सोही अवसरमा बिधुत प्राधिकरण जलेस्वर शाखाबाट सरुवा भएर आएका नया लेखा प्रमुख कुशल दत मिश्रलाई स्वागत गरिएको अमिचन महतोले जानकारी गराएका छन ।