बारा -महागढीमाई नगरपालिका वडा नं १ मा गृन सिटी यूथ कल्ब द्वारा गरिएको रक्तदान कार्यक्रम र कार्यालयको उद्धाटण प्रमुख अतिथि महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले गरेका हुन । महागढीमाई नगरपालिका वडा नं १ का यूवा द्वारा गृन सिटी यूथ कल्ब समाजिक संस्था स्थपना गरि गरिएको रक्तदान कार्यक्रम समाजको लागि सराहनी रहेको हुनाले वडा नं १ का यूवाहरुलाई धन्यवाद दिएका छ्न । यस्तै यूवाहरुले समूह बनाएर नगरपालिका विभिन्न बिकासका काममा सहयोग गर्न आग्रह पनि गर्नु भएकोछ ।
त्यस्तै कार्यक्रममा उपस्थित भएका समाज सेबी मोतिलाल कुशवाहाले आफ्नो मन्तव्य राख्न पनि मोका पाएको थियो । रक्तदान कार्यक्रमा सुनिल कुशवाहा , प्रकाश दुबे , अलेक्स गुप्ता , राजन कुशवाहा , राजेश कुशवाह , लगाएत गृन यूथ कल्बका पद अधिकारीहरुले समाजको लागि आफ्नो रक्तदान गर्नु भएको जनकारी गराउनु भयो ।
कार्यक्रममा,वडा १ अध्यक्ष सुदामा साह कानु , झब्बु साह कानु , कैलाश महतो , बैजनाथ महतो , भुमिसुधार महतो , असनरायण महतो , समाज सेबी ,पत्रकार , प्रहरी लगाएत उपस्थिति रहेको थियो ।