बारा - श्रीकान्त गुप्ता - प्रतेक बर्ष जिल्ला समन्वय समिती बाराको सम्योजनमा हुँदै आएको ८ औं जिल्ला समन्वय समतिको बैठक आज बिश्रामपुर गाउँकार्यपालिका कार्यालयमा सम्पन्न भएको छ ।
८ औ जिल्ला समन्वय समति बाराको बैठकमा सहभागी हुनु भएका सम्पूर्ण पद अधिकारीहरुले जिल्लालाई बिकास गर्नु पर्ने कुरामा जोड दिनु भएका छ्न ।केेही स्थानीय तहमा  प्रमुख  उपप्रमुख बिच आपसी बिबादका कारण बिकास प्रभाबित बनेका छ्न । जिल्लामा स्थानीय सरकारको बदनामी हुनुका साथै लोकतान्त्रिक समाजको हत्य भइरहेका छन । स्थानीय सरकारमा आएको पैसालाई दुरुपयोग नगरी सदुपयोग गरेर जिल्ला बिकाश गर्नु सबैले आफ्नो प्रतिबद्धता जनाउनु भएका छ्न ।

स्थानीय सरकारमा क्रमचारीलाई डराउने, धम्काउने , आबद्ध व्यवहार जस्ता गतिविधि अहिले सम्म रोकिएको छैन । क्रमचारी नेपाल सरकारको क्रमचारी हो तर राजनितिक कार्यकर्ताको दबावमा भ्रस्टाचार जस्ता काम गर्न सक्दैन । बरु आफ्नो जागीर त्यागेर घर जान सक्छ्न तर भ्रस्टाचार जस्ता काम गर्न नसक्ने प्रशासकीय अधिकृत शुनिल केसरीले गरिब पुकार डट कमलाई बताउनु भएका छन ।

जिल्ला समन्वय समिती बाराका प्रमुख नवल किशोर सिंहको अध्यक्षतामा भएको बैठकमा सबै स्थानीय तहको प्रमुख,उपप्रमुख,प्रमुख प्रसासकिय अधिकृत, प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल,प्रहरी प्रमुख कृष्ण पगेनी,ससत्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले
उपस्तिथि रहेको थियो ।

कार्यक्रमको स्वागत बिश्रामपुर गाउपालिका अध्यक्ष अमिरिलाल पालले गर्नु भएको थियो । कार्यक्रमको संचालक बिश्रामपुर गाउपालिकाको प्रमुख प्रसासकिय अधिकृत सुनिल केशरिले गर्नु भएको थियो ।