बारा -मंसिर २६ - बाराको विश्व प्रसिद्ध गढीमाई मंन्दिरलाई प्रतेक बर्ष मर्मत र रङ्गरुप नगरेपछि मंन्दिर कुरुप बनेकोछ ।
मंन्दिर ब्यवस्थापन समिति र स्थानीय सरकारकको लापरवाहीले प्रतेक बर्ष गढीमाईको मंन्दिर मर्मत र रङ्गरुप हुदैन मंन्दिरको प्राङ्गणमा ठाउँ ठाउँमा फुटिएकोछ देवालको भितामा हरियो खिया र मुल गेटमा चर्केकोछ । मंन्दिरको वरिपरि अपक्की ढलान ,जताततै फोहर मैला र मंन्दिरका वरिपरि भद्रगोल पसलका कारण मंन्दिर दिन प्रती दिन कुरुप बन्दै गएकोछ।गढीमाई मंन्दिर वरिपरि रहेका भगवान चौधरी मंन्दिर , ब्रमबाबा मंन्दिर ,जङ्गघिनाथ मंन्दिर शिव मंन्दिर र सूर्य मंन्दिर लगाएत लथालिङ्ग अवस्थामा रहेकाछ्न । गढीमाई मंन्दिरमा प्रतेक दिन पन्द्र सय भन्दा बढी दर्शनार्थी आउने गर्दा गढीमाई बिकास समितिमा नगदी दान पुन गरे पनि र गढीमाई मेलाबाट करोडौंको आम्दानी आएपनि । गढीमाई मंन्दिरको प्रतेक बर्ष मर्मत र रङ्ग रुप हुदैन । पाँच बर्षमा आउने गढीमाईको मेलामा एक चोटि रङ्ग रुप मेन्ट पोचारा हुने गर्छ । मेलामा आउने ७० लाख भन्दा बढी दर्शनार्थी र भिड भाडका कारण मंन्दिको प्राङ्गणमा देवालको भिता लगाएत ठाउँ भुट्ने गर्दा पाँच बर्ष सम्म यस्तै रहने गर्छ ।गढीमाई मंन्दिरका पुजारी चन्द्रदेव चौधरी बताउछ ।

गढीमाई मंन्दिरमा प्रतेक दिन दर्शनार्थी आउने हुनाले यहाँ एक हजार भन्दा बढी जनाले विभिन्न पसल होटल खोलेर गरिब बिपन्नलाई पनि रोजगारी दिएकाछ्न । मन्दिरको हालत अवस्था देखेर ब्यपार ब्यवासय पनि मन्दा भएको पसल ब्यवसायीले बताएकाछ्न ।मंन्दिरमा आउने दर्शनार्थीलाई रेस्टुरेन्ट , होटल , मनोरञ्जन गार्डेन , पिक्निक पोवाइटको अभावले दर्शनार्थी र पर्यटकहरु एक र दुई घण्टामा गढीमाई मंन्दिरबाट फर्केपछि ब्यपार मन्दा हुन्छ । पसलमा अझ लगानी बढाउन समस्या भएको ब्यवसायीक।महालाल महतो बताउनु भयो ।

संघ र प्रदेश सरकारले गढीमाई पर्यटन क्षेत्रमा लगानी लगाउन पन्क्षिदा गढीमाई क्षेत्रबाट हुने करोडौंको आम्दनी सरकारलाई गुम्दै गएकाछ्न। प्रयाप्त मात्र विभिन्न ब्यवासाय पसल र दर्शनार्थीको आगमन बढी भए पनि सरकारले गढीमाई पर्यटन क्षेत्रका ब्यवसायीलाई करको दयारामा ल्याउन नसकिदा सरकारले असुल गर्नु पर्न कर नस्ट हुँदै गएकाछ्न । बाराका एतिहासिक धरोहर सिमरौनगढ क्षेत्र , पर्साका राष्ट्रिय निकुञ्ज , लगाएतको ठाउँमा लगानी लगाएर पर्यटन क्षेत्रबाट करोडौंको राजश्व असुली गर्न सकिन्छ ।दर्शनार्थी हरिनारायण चौधरीले गरिब पुकार डट कमलाई बताएका छ्न

बारामा गढीमाई क्षेत्र , सिमरौनगढ क्षेत्र , अन्तराष्ट्रिय विमान स्थल , पर्साको राष्ट्रिय निकुञ्ज र कलैयाको जानकी मंन्दिरमा सरकारले लगानी लगाएर अर्ब रुपैया राजश्व संकलन गर्न सकिन्छ ।