बारा - १६ मंसिर - श्रीकान्त गुप्ता - सिमरौनगढ नगरपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएकोछ । प्रजातान्त्रिक आन्दोलनका योद्धा ,नेपाली काङ्ग्रेस ज्येष्ठ राजनितिज्ञ सदस्य प्रजातन्त्र सेनानी स्वर्गीय अनुप सहनी को १३ औ पुण्य तिथिका अवसरमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका योद्धा स्वर्गीय सहनिले राणा शासन अन्त्य गर्न र प्रजातन्त्र स्थापनको लागी आफ्नो ज्यानको प्रवाह नगरी रात दिन मेहनत गरेर प्रजातन्त्र स्थापनामा उहाँको ठूलो भुमिका रहेकोछ । उहाँको घरको गरीब अवस्था रहे पनि निस्वार्थ रुपले प्रजातन्त्र स्थापनका लागी आफ्नो जीवन भरको समय बलीदान दिनु भएकाले आज नेपाली कांग्रेसले शिखर सम्म पुगेर देशको रक्षक बनेका श्रद्धाञ्जली सभाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस का सह महामन्त्री डाक्टर प्रकाश शरण महतले बताए ।
त्यस्तै सेनानी योद्धा सहनीले जीवन भरको अमुल्य समय नेपाली कांग्रेसमा दिएका कारण नेपाली कांग्रेस देशमा पहदारको रुपमा रहेका हुन नेपाली काग्रेस बिना देशको बिकास हुनु असम्भव रहेको नगरप्रमुख बिजय शंकर यादवले श्रद्धाञ्जली सभामा बताउनु भएकोछ । उहाँले भने देशकोलाई अगाडि बढाउन देशको अर्थतन्त्र मजबुत गर्न र देशमा क्रान्ति कारी बिकास नेपाली काग्रेस बिना ल्ययाउन नसक्नने रहेको नगरप्रमुख यादवले बताएका हुन ।
सहनीको श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली काङ्ग्रेस बारा निर्वाचन छेत्र नम्बर १ का काङ्ग्रेसका नेता पुर्व स्वास्थ मन्त्री एवम प्रतिनिधि सभा सदस्य उमाकान्त चौधरी,काङ्ग्रेस नेत्री पुर्व मन्त्री कलावती पास्वान,केन्द्रिय सदस्य तथा पुर्व सान्सद राधेचन्द्र यादब,पुर्व सान्सदहरु डाक्टर शोभाकर पराजुली,राम अयोध्या यादब,नेकपाका नेता डाक्टर गोपाल ठाकुर,काङ्ग्रेस बाराका संगठन बिभाग प्रमुख शम्भु बुढाथोकि, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल,काङ्ग्रेस बाराको कोषाध्यक्ष चन्द्रशेखर यादब,तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, र प्रहरी प्रशास र हजारौंको संख्यामा रहेको उपस्थितिले निज सहनी प्रती श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत सिमरौनगढ नगरपालिका नगरप्ररमुख बिजय शंकर यादव गरेका थियो ।