बारा - कार्तिक - पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्तर्वार्ताका क्रममा कन्ट्याक्ट् ट्रेसिङमा परेर गरिएको परिक्षणबाट कोरोना रिपोर्ट पोजेटिभ आएको पत्रकार धमलाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका पत्रकार धमलाले बिभिन्न ब्यक्तीहरुको अन्र्तवार्ता लिने क्रममा कन्ट्राक ट्रेसिङमा परेका थिए । पछिल्लो केही दिनमा मात्रै धमलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल,बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेता

दिनानाथ शर्मा, नेता लेखनाथ न्यौपाने, गायक प्रमोद खरेल मधेशी नेता र नायक नायीका क्रमचारी लगाएसंग अन्तर्वार्ता लिएका थिए । नेकपाका नेताहरुसँगको भेटवार्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओली समेत कन्ट्याक्ट् ट्रेसिङमा परेका छन् । पत्रकार धमला होम आईसोलेसनमा बसेका छन्