बारा -१० मंसिर श्रीकान्त गुप्ता - नेपाल र भारतको विभिन्न ठाउँबाट पर्यटन भित्र्याउनको लागी सिमरौनगढ नगरपालिकाका नगरप्रमुख बिजय शंकर यादवले हनुमान मंन्दिरको सिलयान्यास गरेका हुन ।

सिमरौनगढ नगरपालिका वडा नं ५ छोटी इटवालमा हनुमान मंन्दिरको सिलयान्यास भएको हो । समाजिक आर्थिक सहयोगमा खरिद गरियो १ कठ्ठा जमिनमा हनुमान मंन्दिर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेका हुन

संघिय सरकारले तराई मधेशको जिल्ला बुझेर प्रदेश नं २ मा रहेका पर्यटकीय गर्तब्यको रुपमा विश्व प्रसिद्ध गढीमाई मंन्दिर , सिमरौनगढ, र जनकपुरको जानकी मंन्दिरलाई पर्यटनको रुपमा बिकाश गरेका छैन । संघिय सरकारले काखा पाखा गरेर प्रदेश नं २ का पर्यट्कीय ठाउँलाई लथालिङ्ग लवारीस अवस्थामा छोडेका नगरप्रमुख बिजय शंकर यादवको भनाइ छ । उहाँले भने
स्थानीय सरकारसंग बजेटको खाचो र अभावले, पर्यटन गन्तव्यको रुपमा बिकास हुन नसक्दा जनताबाट स्थानीय सरकारले गाली खानु पर्ने अवस्था रहेका छ्न ।संघिय सरकार र प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी नलगाउदा सरकारको करोडको राजश्वको छती भइराखेका छन । पर्यटन क्षेत्र बिकासका लागि स्थानीय तहमा छुटै बजेट छुट्याएर पठाइ दिनु पर्ने कुरामा नगरप्रमुखले  जोड दिनु भयो
हनुमान मंन्दिर सिलयान्यास पूजा पाठ कार्यक्रममा शंकर साह , उपेन्द्र पटेल नगरकमिटी अध्यक्ष नागेन्द्र प्रसाद ,वडा सदस्य रामसेवक स्थानीय भलभलादमी ,बुधिजिबी, बिभिन्न दलका राजनितिक , कार्यकर्ता , लगाएत उपस्थिति रहेका थिए ।