बारा - श्रीकान्त गुप्ता ९ मंसिर - बाराको सदरमुकाम कलैयामा करण राज प्यालेस होटेल एक सता भित्री संचालनको तयारीमा रहेकोछ ।
कलैया उपमहानगरपालिका–४ हुँदै विश्व प्रसिद्ध गढीमाई मंन्दिर जाने बाटोमा रहेका पर्सा सिटि कलोनि परिसरमा २५ कठ्ठा क्षेत्रफलमा निर्मण भएको करण राज प्यालेस होटलको सम्पूर्ण संरचना निर्माण पूरा भएर यहि साता भित्रमा सञ्चालनमा आउने त्यारी भएको हो ।भारतीय पर्यटकलाई नेपाली सत्कार र आन्तरिक पर्यटकलाई सुलभ पहुच’ दिने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको होटल संचालक मणिलाल सरार्फले बताए । उनले भने बारा र पर्साको सिमा नाकाबाट नेपाल भित्रने भारतीय पर्यटक पर्सा राष्टिय निकुन्ज, विश्व प्रसिद्ध गढीमाई मन्दिर, रामजानकी मंन्दिर र सिम्रौनगढलगायतका ठाउँमा आउने पर्यटकको बसाई लम्ब्याउने र आन्तरिक पर्यटन प्रर्वधनमा जोड दिने विश्वासका साथ होटल सञ्चालनामा ल्याइएको प्रबन्धक सराफले बताए ।
बारामा सामुदायिक स्थरमा मानिसहरु बिवाह , सगाइ , जन्म उत्शव , एन जि ओ आइ एन जिओ र विभिन्न खुसीमा पार्टी गर्नको लागि स्तरिय सुबिधा सम्पन्न होटेलको खोजी गर्ने भएको हुनाले यो होटेल जमिन सहित २५ करोड लगानीमा होटल सन्चालमा ल्याइएको हो ।