बारा- श्रीकान्त -३ कार्तिक सिमरौनगढ नगरपालिकालाई बदनाम गर्न बिपक्षी दलका नेता कार्याकर्ताहरु सक्रिय भएका सिमरौनगढ नगरपालिका नगरप्रमुख बिजयशंकर यादवले बताएका छ्न ।
बाराको सिमरौनगढ नगरपालिका वडा नं ८ मा समाज कल्याण यूवा कल्ब द्वारा गरिएको आयोजना शुभ देपावली र छठ पर्बको पावन अवसरमा शुभकामना आरदान प्रदान कार्यक्रममा नगरप्रमुख यादवले यसो बताएका हुन ।आफुले जनताको समस्या र गुणासो समधान र सिमरौनगढ बासीको चाहना अनुसार बिकास गर्दै आएकोले जनतामा आफू लोक पृय बन्दै जांदा बिपक्षी दलका नेता कार्याताले विभिन्न बहानामा आफूलाई र नगरपालिकालाई बदनाम गर्न खोजेको हो जनताको बिकासका लागि नगरपालिकाले गरिरहेको बिकासको काममा विभिन्न आर्चन , झण्झट लगाएर बिकासको काम रोक्न खोजेको यादवले बताएका हुन ।उहाँले भने बिपक्षी दलका नेताले कार्यकर्तालाई उस्काएर स्थानीय सरकारसंग प्रतिशोध गर्न खोजेको हो ।स्थानीय सरकारको काम र कर्तव्यलाई भंग गर्न खोजेको नगरप्रमुखले आरोप लगाएका हुन ।
शुभकामना आदना प्रदान कार्यक्रम समाज कल्याण यूवा कल्बका सकृय अध्यक्ष सहित सदस्यहरु , स्थानीय भलभलादमी , समाज सेबी विभिन्न राजनीति कार्यकता लगाएत उपस्थिति रहेको थियो ।