बारा- २५ कार्तिक -श्रीकान्त गुप्ता - बारागढी गाउँपालिकामा भोलि बवल कार्यक्रमको उद्घाटन भएकोछ । बारागढी गाउँपालिका वडा नं १ बस्तपुरमा सत्य साइ यूवा कल्ब द्वारा गरेको आयोजना खुल्ला नकाउट भोली बवलको उद्घाटन बारागढी गाउँकार्यपालिका कार्यालयका अध्यक्ष देवदत बछार थारुले गरेका हुन । शिक्षा , स्वास्थ , भौतिक पूर्बधारको बिकाससंगै खेलकुदको पनि बारागढी गाउँपालिकामा बिकास हुँदैछ । खेलकुदबाट शारीरिक मान्सिक बिकास हुनुको साथै स्वास्थ तन्दुरुस्त र बलियो बन्छ ।त्यसकारण बारागढी गाउँपालिकाले खेलकुदलाई बढी प्राथमिकतामा राखेको प्रमुख अध्यक्ष बछारले कार्यक्रमको उद्घाटन गर्दै बताउनु भएकोछ ।
त्यस्तै कार्यक्रममा बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले कार्यक्रममा सर्बप्रथम स्थानीबासी , क्रमचारी , जनप्रतिनिधि , र खेलाडीहरुमा शुभ दिपावली र छठ पर्बको अवसरमा शुभकामना दिदै ,बारागढी गाउँपालिकामा राम्रो खेलाडी उत्पादन गर्नको लागी बिधालय र कल्ब द्वारा विभिन्न खेलकुद खेलाउदै ,र खेल बारे जनकारी गराइरहेको अधिकृत चौधरीले कार्यक्रममा बतानुभयो । उनले भने बिधालय र कल्ब द्वारा भोलि बवल , फुट बवल , कृकेट , कबडी ,बैमिन्टल , र अन्य खेलको खेलाडी बिकास हुँदै छ। खेलाडी गाउँपालिकाको एउटा ठूलो सम्पती हो अन्य सम्पत्ति जस्तै खेलाडी सम्पत्तिलाई गाउँपालिकाले संरक्षण गर्दै आएका हुन।खेलाडी सम्पतीले गाउँपालिकाको नाम पहिचान देश , र बिदेशमा उजागर गर्नुको साथै गाउँपालिकामा आफै गर्भ हुन्छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्षमी देबी रायले दिपावली छठ पर्बको अवसरमा आफ्नो तर्फबाट स्थानीया जनप्रतिनिधि , क्रमचारी , खेलाडी, शिक्षक लगाएतमा शुभकामना व्यक्त गर्नु भयो । खेलाडीलाई मनोबल बढाउनको लागि देश बिदेशको खेलाडीको उधारण दिनु भएकोछ ।
कार्यक्रममा ,स्थानीय , प्रहरी प्रशासन , गाउँपालिकाका ६ वडा अध्यक्ष , गा.पा क्रमचारी , पत्रकार , लगाएत उपस्थिति रहेको थियो ।




0 Comments