बारा- १७ असार - महागढीमाई नगरपालिकामा ड. गोबिन्द केसीको माग प्रति यूवाहरुले दिपबती जलाएर समर्थन जनाएकोछ ।
महागढीमाई नगरपालिका वड नं २ बरियारपुर बजार स्थिर महागढीमाई फाउन्डेसन नेपाल द्वारा डा. गोबिन्द केसीको माग प्रती यूवाहरु समर्थन जगाउदै बरियारपुर बजारमा १५ जना भन्दा बढी यूवाहरुले दिप जलाएर डा. गोबिन्द केसीको माग पूरा गर्न सरकारसंग आग्रह गर्नु भएकोछ । केसीको स्वास्थ्य अवस्था प्रती सुधार गराउन र माग प्रती लक्षित गरेर सरकारले ध्यान पुर्याउनका लागि दिप प्रज्वल कार्यक्रम गरेको महागढीमाई फाउन्डेसन नेपाल संस्थाका सदस्यहरुको भनाइछ। 
कार्यक्रममा महागढीमाई फाउन्डेसन नेपालका सदस्यहरु , समाज सेबी , राजनिती दलका कार्यकर्ता लगाएत कार्यक्रमा उपस्थिति रहेको थियो ।