जनकपुर - १४ -कार्तिक इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्म जयन्तीको अवसरमा प्रदेश २ मा सार्वजानिक विदा हुने भएको छ । प्रदेश सरकारले एक सूचना जारी गर्दे शुक्रबार प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेका छन् ।

प्रदेश सरकारले इस्लामाधर्मालम्बी तथा प्रदेशवासीमा जन्मदिनको अवसरमा प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस भनि शुभकामना व्यक्त गरेका छन् ।