बारा - १३- कार्तिक - बाराको सीमावर्ती सुवर्ण गाउँपालिका-२ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि बुधबार प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन।
बुधबार राति ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खाोज्दा भएको झडपमा गोली लागेर सुवर्ण गाउँपालिका -२ का १४ वर्षीय रन्जन कुमार यादव प्रहरीको गोलीबाट गम्भीर घाइतेले भएकोछ । गम्भीर घाइते भएका यादवलाई स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको बयोधा अस्पताल रिफर गरिएकोछ । बयोधा अस्पतालमा घाइतेको सिटी स्क्यान भएको र गोली टाउकोको बाँयापट्टिको भागमा भित्रै रहेको स्थानीयले बताएका छ्न ।
झडपमा प्रहरी तर्फबाट तीन जना घाइते भएका छ्न ।१ जना सइ , १ जना हवलदार र १ जना प्रहरी जवान घाइते भएका छ्न । उहाँहरुको उपचार कलैया अस्पतालमा भइरहेकोछ । जिल्ला प्रहरी कार्यालयको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक कृष्ण पाङ्गेनीले बताउनु भएकोछ ।

बेलुका ७ बजे ३ बोरा आलु र ७ बोरा प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप भएको थियो । झडप नियन्त्रणको लागि प्रहरीले आधा दर्जन भन्दा बढी हवाई फाएर गर्नु भएको थियो ।