बारा -७ कार्तिक- श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिका वडा नं ८ बबुवाइनमा आज स्वास्थ चौकीको उदघाटण कार्यक्रम सम्पन्न भएकोछ ।
स्वास्थ्य चौकीको उदघाटण महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गर्नु भएकोछ । जिल्लाको सबै स्थानीय तह भन्दा महागढीमाई नगरपालिकामा स्वास्थ , शिक्षा कृषि ,भौतिक पूर्बधारमा राम्रो बिकास भएको नगरप्रमुखले उदघाटण कार्यक्रममा दाबी गर्नु भएकोछ ।
२० बर्ष देखि जनप्रतिनिधिको अभावमा स्वास्थ्य चौकी अस्पतालहरु लथालिङ्ग अवस्था कारण गाउँमा गर्भवती महिलाको चेक जांच पनि हुदैन थ्यो ।औषधिको अभावमा कति बिरामीहरु निरास भएर घर जान बाध्य थियो । बाटो घाटो जिर्ण र ,लवारीस अवस्थाका कारण जिल्लाको सदरमुकाम सम्म पुग्न घेरै समस्या हुन्थ्यो जुन आज नगरपालिका भित्री सहज भएकोछ ।
केटीहरु पढाउने प्रवृत्ति थिएन । साने उमेरमा केटीलाई बिहे गरेर ससुरा फ्रकाउने चल्न र दहेज प्रथा जस्ता बिकृतिलाई नगरपालिकाले न्यून गरेकोछ ।गाउँ भित्री रहेको विभिन्न कार्यालयका क्रमचारीहरु कार्यालयमा आउने जाने कुनै ठेकान थिएन ।तर आज नगरपालिका भित्री रहेका बिभिन्न कार्यालयका क्रमचारीहरु १० बजे नै हाजिर भइरहेको नगरप्रमुखले कार्यक्रममा जनकारी गराउनु भएकोछ ।
कार्यक्रममा प्रशासकीय अधिकृत बिजय कुश्वाहा , संचार कर्मी जनप्रतिनिधि , सर्बसधारण लगाएत उपस्थिति रहेको थियो ।

0 Comments