बारा -२५ असोज - बाराको सुवर्ण गाउँपालिकाको कार्यालयमा दुई सेवाग्राही बिच बिबादको कुरा लिए विभिन्न समचार मिडियामा प्रकाशित भएको समाचार प्रति गाउँपालिकको गम्भीर ध्यानाकर्षण भएकोछ।
सुवर्ण गाउँपालिकामा गत विहिबारका दिन दुई सेवाग्राही बिच भएको विबादलाई लिएर गाउँपालीका वडा नं ५ मा बस्ने विनोद यादवले गाउँपालीका अध्यक्ष महेन्द्र प्रसाद यादव, गाउँपालीका अधिकृत नविन कुमार श्रीवास्तव, वडा नं २ का वडा अध्यक्ष रन्जीत प्रसाद यादव लगायतले घटना गराएको विभिन्न समाचार संचार माध्यमले लेखको समाचार प्रति यस गाउँपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोछ । समाचर प्रती घोरभ्रत्सना गर्दै गाउँपालिकाले आज पत्रकार सम्मेलन गरेकाछ्न ।
गाउँपालिका अध्यक्ष महेन्द्र यादवले बिकासलाई निरन्तरता दिदै आएकोले दिन प्रति जनतामा लोकप्रिय बन्दै जादां बिपक्षी पार्टीले सहन नसक्दा विभिन्न बहानामा गाउँपालिकामा झन्झट लगाएर बिकाशको काममा रोक विपक्षीले लगाउन खोजेको गाउँपालिका अध्यक्ष महेन्द्र यादवले पत्रकार समेलनमा बताउनु भएकोछ ।बिपक्षी पार्टीका नेता कार्यकर्ताले राजनितीको आडमा प्रतिशोध गर्न खोजेको हो ।कहिले काहि, गाउँपालिका वडा कार्यालयमा ताल बन्दी , कहिले वडा अध्यक्ष माथी हाथपाथ गर्ने र , क्रमचारीलाई धम्काउने कार्य विपक्षीले गर्न लागेका हुन ।गाउँपालिकाले अब चुप नबस्ने अध्यक्ष यादवले पत्रकार समेलनमा जनकारी गराउनु भएकोछ ।
गाउँपालिकाको कार्यालयमा सेवाग्राहीलाई सेवा दिने क्रममा कर्मचारीलाई होच्याउदै अभद्रव्यवहार गरी र क्रमचरीलाई धम्काउने ,जस्ता कार्य गरेर उल्टै आफुहरु विरुद जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको सुवर्ण गाउँपालिका अधिकृत नविन कुमार श्रीवास्तवले पत्रकार समेलनमा बताउनु भएकोछ । उहाँ भने आफुहरुलाई न्याय नपाए पछि र दोषीलाई कर्वाही नभपछि कार्यालयको सेवा थप गर्ने समेत चेताउनु दिनु भएकोछ । क्रमचारी कुनै पार्टीको संगठन होइन कुनै पार्टीको दबाबमा आएर भ्रष्टाचार जस्ता कार्य गर्ने छैन । दोषीलाई कर्वाहीको माग गर्दै ।सुवर्ण गाउँपालिकाका अधिकृत श्रीवास्तवले पत्रकार समेलनमा चेताउनु पनि दिनु भएकोछ ।



0 Comments