बारा - १३ - असोज - श्रीकान्त गुप्ता - बाराको देवताल गाउँपालिकाका अन्तर्गत नि.मा. बिधालयमा प्रथम द्वितीय र तृतीय श्रेणीमा उतिर्ण गरेका बिद्यार्थीलाई गाउँपालिकाले ल्यापटप बितरण गरिएकोछ ।
जिल्लाको सब भन्दा कान्छो र बिपन्न गाउँपालिकाको रुपमा चिनिने देवताल गाउँपालिकाका अन्तर्गत सामुदायिक बिधालयमा कक्षा ८ र ९ मा प्रथम द्वितिय र तृतीय श्रेणीमा उतिर्ण गरेका बिद्यार्थीलाई गाउँपालिकाले ल्यपटप बितरण गरेको हो । प्रथम श्रेणीका बिद्यार्थीलाई आइ सेवन , द्वितीय श्रेणीका बिद्यार्थीलाई आइ फाइफ र तृतीय क्षेणीका बिद्यार्थीलाई आई थ्रीइ लेनभो कम्पनीको ल्यटप गाउँपालिका अध्यक्ष चन्दन सिंहले बिद्यार्थीको अभिभावकलाई टीका लगाएर समान गर्दै बिद्यार्थीलाई ल्यपटप हस्तान्तरण गर्नुभएको छ । देवताल गाउँपालिका भित्र शिक्षाको स्थर उन्नति र प्रगतिको लागि गाउँपालिकाले शिक्षालाई बढी प्राथमिकतामा राखेकोछ।बिद्यार्थीलाई पढाइ प्रती उत्साहित गर्न कम्पटिशन गर्न गराउन ल्यपटप बितरण गर्दै अध्यक्ष सिंहले बताउनु भएकोछ । गाउँ गाउँमा स्थानीय सरकार आउनु भन्दा अगाडि गाउँका सामुदायिक बिधालय बेलवारीस अवस्थामा कारण जनप्रतिनिधि, क्रमचारी , ब्यपारी लगाएत आभिभावकले आफ्नो छोरा छोरीलाई चर्को रकम तिरेर निजी बिधालयमा पठन पाठन गराउदै आएकाछ्न। तर स्थानीय सरकारको स्थापन पछि बिधालयको अवस्था सुधार भएको अध्यक्षले बताउदै अभिभावकलाई सामुदायिक बिधालयमा छोरा छोरी पढाउन आग्रह गर्नु भएकोछ ।
ल्यपटप बितरण पछि विद्यार्थीहरु खुशी भएका छ्न । बिधालयका बिद्यार्थी पढाइ प्रती उत्सुकता र आफु भित्री अल्गै किसिमको उर्जा उत्पन्न भएको बताएकाछ्न। निजी बिधालय र सामुदायिक बिधालयमा कुनै किसिमको पढाइ फरक रहेको छैन पछि गएर सामुदायिक बिधालयमा पढेको बिद्यार्थीलाई सरकारले बढी प्राथमिक दिने गरिन्छ । त्यसकारण सामुदायिक बिधालयमा पढ्दै गरेको बिद्यार्थीले बताएका छ्न ।
देवताल गाउँपालिकामा प्र.बि , नि. मा .बि गरि १३ वटा सामुदायिक बिधालय मधे १५ जनालाई ल्यापट बितरण गरेकोछ ।


0 Comments