बारा - २० -सावन - गत आर्थिक बर्षमा बारागढी गाउँपालिकाको अधिकांस वडाहरुमा नाला निर्माण सडक ढलान र ग्रेबल जस्ता बिकास निर्माणको कार्यबाट स्थानीयहरु खुसी भएकाछ्न।
गत आर्थिक बर्षमा बारागढी गाउँपालिकाले लकडाउन समयको सदुपयोग गरी सडक ढलान, नाला निर्माण , सडक ग्रेबल , कलभट , पुला लगाएत निर्माण कार्य समयमा सम्पन्न भएकोले बर्षाको समयमा स्थानीयलाई हिडडुल गर्न ,आउन जान , नालामा पानी खसाल्न सहज भएपछि उनीहरुले खुसी भएका छ्न । गत आर्थिक बर्षमा वडा नं १ देखि ६ सम्मको अधिकांश ठाउँमा सडक दुबै छेउमा नाला र पीपि ढ्लान , ग्रेबल , कल्भट, नयाँ सडकहरु बिकास भएको हो ।नाला बिकासबाट गाउँ घरको पानी नाला हुँदै गाउँबाट बाहिर निस्किन लागेका छ्न । गाउँ घरको सडक फ्रकिलो हुँदा गाउँ घर भित्र चार पाङ्ग्रे गाडी , एमबुलेन्स , ट्रेक्टर , मार्सल , भायन , स्कारपियो लगाएत सवारी साधनहरु चलन लागेका स्थानीय ध्रबेन्द्र चौधरीले जनकारी गराउनु भएकोछ ।
बारागढी गाउँपालिका स्थापना हुनुभन्दा अगाडि त्यति बिकास भएको थिएन । सडक र नालको अभावमा स्थानीयलाई धेरै दु:ख सास्ती भोग्नु परेको थियो । गाउँ घरका मान्छेहरु बर्षाको समयमा बिरामी हुँदा गाउँमा एमबुलेन्स पुग्न सकिरहेको थिएन ।कति गर्भवती महिलाले बच्चा जन्म दिने समयमा आमा र शिशुले ज्यान पनि गुमायकोछ । बारागढी गाउँपालिकाले सबभन्दा बढी हरेक वडामा सडक ढलान , नाला निर्माण , कालोपत्र , कल्भट , ग्रेबल सडक फ्राकिलो र नयाँ सडक निर्माण जस्ता कार्यलाई प्राथमिक दिएको बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अमोद चौधरीले जनकारी बताउनु भएकोछ ।
बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अमोध चौधरीले