काठमाडौ — नेपालमा प्रशारण हुँदै आएका भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएकाछ्न । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।


डिस होम,म्याक्स टिभी लगायत अन्य केवल अपरेटर कम्पनीहरुले छलफल गरेर नै अफवाह फैलाउने भारतीय न्युज च्यानलहरु बन्द गरेको शर्माले बताए ।भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा रोक नलगाइएको शर्माले जानकारी दिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओ‌ली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक समाचार सामग्री प्रशारण भएपछि यसको विरोध भइरहेको छ ।