बारा, २३ असार - कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले दुर्गा नमुना प्राविधिक विधालय शिक्षामा उत्कृष्ट रहेको बताउनु भएको छ ।
कलैया उपमहानगरपालिका वडा नं. ७ स्थित दुर्गा नमुना मावि प्राविधिक विधालयको नव निर्मित तिनतल्ले भवन, पर्खाल, शौचालय निर्माणको मंगलबार अनुगमन निरीक्षण गर्नु हुँदै नगर प्रमुख यादवले गुणस्तरीय शिक्षामा जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको विधालयको भौतिक संरचनाको निर्माणले विधार्थीहरूलाई पठन पाठन गर्नमा थप सहयोग पुगेको बताउनुभयो । वहांले नमुना विधालयको रूपमा चिनिएको यश विधालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि उपमहानगरपालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो । जिल्लामा थप पहिचान बनाउनको लागि प्रदेश र संघ सरकारसंग समन्वय गर्ने नगर प्रमुख यादवले बताउनुभयो । शिक्षा विभाग लगायत संघ सरकार र उपमहानगरपालिकाबाट २ करोड ३० लाखको लागतमा निमार्ण भएको हो । अनुगमन निरीक्षणमा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद घिमिरे, विधालय व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादव, विधालयका प्राचार्य मनोज कुमार यादव लगायतको सहभागीता रहेको थियोे ।

0 Comments