बारा -चैत ११ गतेदे देखि जारी गरिएको लकडाउन अन्त्य भएको सरकारले घोषणा गरेको छ । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको हो ।
मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।
बिद्यार्थी भर्नाको बाटो खुल्यो, होटल पनि खुल्ने
सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निणर्य गरेको छ । साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ता खुला गर्ने निणर्य गरेको हो। यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निणर्य सरकारले गरेको छ।
सावन १५ देखि होटल रेस्टुरेन्ट , ट्रकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निणर्य गरेको छ। आउँदो हिउँदलाई ध्यानमा राखी ट्रेकिङको बुकिङ खोल्न सकिने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्। खुला गरिएका सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने सरकारले व्यवस्था गरेको छ ।





0 Comments