बारा- १५ असार - श्रीकान्त गुप्ता - प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज बारामा स्थानीय सरकारले धान रोपाइँ गरी दही च्यूरा खाएर राष्ट्रिय धान दिवस मनाइएकोछ।
जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका , पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका ,कोल्हवी नगरपालिका, निजगढनगरपालिका बारागढी गाउँपालिका सूवर्ण गाउँपालिका लगायत स्थानीय तहमा धान दिवस मनाइएकोछ। वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो यस वर्ष कोरोना महामारीका र सलह किराको आतंक रहेपनि पनि ब्यक्तिगत दुरी कायम गरि धान दिवस मनाएकोछ।कृषिहरुलाई धानमा आत्मा निर्भर बनाउन र धान उत्पादन बढाउनको लागि कृषि क्षेत्रमा कलैया उपमहानगरपालिकाले बढी प्राथमिकता दिएकोछ। कृषिको लागि वाटर पम्प , धान बीउ , गहुँ , माछा पालन लगाएत विभिन्न किसिमको तालिम दिदै आएको नगरप्रमुख राजेश राय यादवको भनाइ रहेकोछ।
खेतिपाति बाहेक अन्य पेसामा लागेका कमदार, क्रमचारी जनप्रतिनिधिहरुले बाहिरबाट आएर खेतबारीमा धान रोपाइमा ब्यस्त रहेकाछ्न ।खुसीको दिन हुनाले किसानहरुका खेतमा बाजा र गीतका साथमा धान रोपाइ गरिरहेकोछ। आजको धान रोपाइबाट साल भरीको घर खर्च चलाउन आफुसहित बालबालिकालाई प्रतिपाल गर्न सहज हुन्छ।भने किसानको भनाइछ।
दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा १५ प्रतिशत रोपाइँ भइसकेकोछ।

0 Comments