बारा - ३ - असार - श्रीकान्त गुप्ता - कलैया उपमहानगरपालिकाको सबै वडाहरुमा बिकासको काम तिब्र गतिमा शुरु भएकोछ।
कलैया उपमहानगरपालिकाको सबै वडाहरुमा सडक ढलान , नाल निर्माण , कल्भट , मठ मंन्दिर मजिद , बिधालयमा भवन , पुल , लगात भौतिक पूर्बधार बिकासको काम तिब्रमा भइरहेकोछ।कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनमा अति गरिब बिपन्न ,जनजाति दलित मुस्लिम लगात कामदारलाई बिकास कार्यमा रोजगारी पनि दिनु भएको नगरप्रमुख राजेश राय यादवले बताउनु भएकोछ। उहाँले भने लकडाउनले बिकासको काममा धेरै अवरोध भएछ। सरकारले अहिले लकडाउनलाई खुकुलो बनाएकोमा बिकासको काम गर्न अलि सहज भएकोछ। कलैया उपमहानगरपालिकाको सबै वडाहरुमा भइरहेको बिकासको काम समय समयमा अनुगमन भइरहेको हुन्छ। नगरप्रमुख राजेश राय यादवले बताउनु भएकोछ।