बारा -२८ जेष्ठ - श्रीकान्त गुप्ता - कलैया उपमहानगरपालिकाले गरिब बिपन्न घरपरिवारलाई राहत बितरण गरेको छ ।नगरप्रमुख राजेश राय यादवको उपस्थितिमा वडा न २० मा राहत बितरण गरिएको छ ।
अति गरिब बिपन्न परिवारलाई , लकडाउनमा छाक टार्न समस्या भएपछि आज दुई सय घर परिवारलाई १५ किलो चामल ,५ किलो आलु , १ किलो दाल , १ किलो नुन , र १ लिटर तेल सहित प्याकेज बनाएर राहत बितरण गरिएको नगरप्रमुख राजेश राय यादवले जनकारी गराउनु भएकोछ ।वड नं २० मा १२०० गरिब बिपन्न घरधुरी लाई राहत बितरण गर्ने नगरप्रमुखले जानकारी गराउनु भएकोछ ।
उपमहानगरपालिका वडा न २० का वडा अध्यक्ष महम्द ईमामुदिन ,वडा सदस्यहरु नैना देवि चमार ,वडा सचीव खेदु मिया अंसारी त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम का संयोजक बिवेक गुप्ता र प्रहरी चौकी का इन्चार्ज को उपस्तिथि रहेको थियो ।