बारा - १४ जेष्ठ - बाराको पचरौता नगरपालिकामा स्वास्थ्यकर्मी र स्थानिय सहित ८ जनामा कोरोना पुष्टि भएको हो ।

पचरौता नगरपालिका वडा नं १ मा बस्ने ३० बर्षका १ जनामा , वडा २ मा २७ , २९, ३२ , ३५ , बर्षका ४ जनामा , वडा नं ५ का ४० बर्षमा १ जनामा , वडा नं ७ का ५० बर्षमा एक जनामा ,र रौतहट वडा नं ५ का ५० बर्षका एक जना स्वास्थकर्मी महिला गरि ८ जनामा कोरोना पुष्टि भएकोछ। नगरपाकिकाको क्वराइनटाइनबाट उनीहरुसंग ४८ जनाका स्वब परिक्षणको लागि सोमबार पठाएको थियो जसमधे ८ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई कलैया अस्पताल ल्याउन त्यारी गरिएकोछ। जिल्ला प्रहरी कार्यालय बाराका उपनिरिक्ष गौतम मिश्राले जनकारी गराउनु भएकोछ।