बारा - ९ जेष्ठ श्रीकान्त गुप्ता बाराको सिमरौनगढ नगरपालिकामा एकै दिन ६ जना यूवामा कोरोना पुष्टि भएपछि स्थानीयहरुमा त्रास छायकोछ।
सिमरौनगढ नगरपालिका वडा नम्बर १ मा बस्ने २७ बर्षका एक जानमा , वडा नम्बर २ मा बस्ने ३० बर्षका १ जनामा , वडा नं ७ मा बस्ने ३४ , ३८ ४५ बर्षका तिन जनामा र वडा नम्बर ११ मा २२ बर्षका एक जनामा गरी एकै चोटि ६ जना यूवामा कोरोना पुष्टि भएपछि आसपास क्षेत्रमा स्थानीयहरुमा त्रास भएको हो ।

बिहिबार रोजगारीको सिलसिलामा भारतको विभिन्न राज्यबाट आएपछि ५० जना यूवाको स्वभाव संकलनको लागि किटजन्य रोग तथा अनुसन्धान कार्यालय हेटौंडामा पठाएको थियो । पी सी आर परिक्षणमा ४४ जनाको रिपोर्ट निगेटिभ र ६ जनमा कोरोना पोजेटिभ देखेपछि उनहरुलाई कलैया अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याइएको सिमरौनगढ नगरपालिकाका नगरप्रमुख बिजय शंकर यादवले जनकारी गराउनु भएकोछ।

अहिले सम्म बारामा ११ जना कोरोना पुष्ट भएकोछ। ३ जनालाई नरायणी अस्पताल बिरगंजमा र ८ जना कोरोना संक्रमित र १ जना शंकास्पद गरी ९ जना बिरामीलाई कलैया अस्पतालमा राखी उपचार भईरहेको कलैया अस्पतालकाले जानकारी दिनुभयो ।